मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

लागुऔषध नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : प्रहरी उपरीक्षक पौडेल
लागुऔषध नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : प्रहरी उपरीक्षक पौडेल

Rato Pen 366+ समाचार ( )
१० भाद्र २०८२, बुधवार

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले लागुऔषध सेवन र ओसारपसार नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउनु भएकाे छ ।बर्दियाका सञ्चारकर्मीहरूसँग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएकाे हाे । 

उहाँले बर्दिया मात्र नभई नेपालभर लागुऔषध कारोबार बढ्दो क्रममा रहेको भन्दै यसको रोकथामका लागि प्रहरी मात्र पर्याप्त नहुने स्पष्ट पार्नु भयाे  । खुला सिमानासँग जोडिएको बर्दियालाई संवेदनशील क्षेत्रका रूपमा लिइएको उल्लेख गर्दै उहाँले सञ्चारकर्मी, स्थानीय समुदाय र प्रहरी सबै मिलेर सचेतनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयाे ।

उहाँका अनुसार बर्दियाका विभिन्न नाकाबाट दैनिक रूपमा लागुऔषध प्रयोगकर्ता र घटनामा संलग्न व्यक्तिहरू पक्राउ परिरहेका छन् । सम्भावित आपराधिक घटनालाई रोकथाम गर्न प्रहरी आफूसँग उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै तत्काल घटनास्थलमा पुग्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयाे ।

एसपी पौडेलले प्रहरी पनि एक नागरिक भएकाले स्वास्थ्य समस्या वा अन्य असुविधा नभएसम्म सुरक्षाका लागि निरन्तर खटिने बताउनु भयाे । साथै पछिल्लो समयमा देशभर अनलाइन ठगी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले ठूलो गिरोहले सामाजिक सञ्जालमार्फत सामान्य नागरिकलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने घटना बढेकाले यस विषयमा सञ्चारकर्मीमार्फत व्यापक सचेतना फैलाउन आग्रह गर्नु भयाे।

ठगी घटनाबारे सचेत वर्गले ख्यालपूर्वक निगरानी गरी आवश्यक सूचना दिनुपर्नेमा उहाँले जोड दिनु भएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार