मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित
आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित

Rato Pen 366+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

होमेन्द्र थापा, बर्दिया

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। बर्दियाको सदरमुकाम गुलरियामा शनिबार सम्पन्न महासंघको चौथो जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।

अधिवेशनमा जिल्लाका विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक भेषभूषा, सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गर्दै सांस्कृतिक विविधताको प्रदर्शन गरेका थिए। कार्यक्रममा मगर, गुरुङ, नेवार, तमाङ, थारु, राजी र कुछबधिया समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न जातीय संगठनका प्रतिनिधिहरूले पनि अधिवेशनलाई शुभकामना व्यक्त गरेका थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश आदिवासी जनजाति महासंघका अध्यक्ष जिदु बरामु मगरले आदिवासी जनजातिका हक, अधिकार र मुद्दालाई महासंघले निरन्तर उठाउँदै आएको बताए। उनले भाषा, कला र संस्कृतिको संरक्षणका लागि सामाजिक तथा राजनीतिक नेतृत्वमा आदिवासी जनजातिको प्रभावकारी सहभागिता आवश्यक रहेको उल्लेख गरे। त्यसका लागि समुदायभित्रको एकता र तयारीको समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

मगरले आदिवासी जनजाति समुदाय जल, जंगल, जमिन र प्राकृतिक स्रोतमा निर्भर रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण उनीहरू सबैभन्दा बढी प्रभावित भएको बताए। उनका अनुसार जलवायु परिवर्तन प्राकृतिक नभई विकसित तथा पुँजीवादी राष्ट्रहरूले प्राकृतिक स्रोतको अनियन्त्रित दोहन गरेकाले सिर्जना भएको मानवजन्य समस्या हो।

बर्दिया आदिवासी जनजाति बाहुल जिल्ला भएकाले यहाँ करिब ५८ प्रतिशत जनसंख्या आदिवासी जनजातिको रहेको बताइएको छ। यस पृष्ठभूमिमा सम्पन्न चौथो जिल्ला अधिवेशनले समुदायबीच एकता, अधिकारको संरक्षण तथा भाषा, कला र संस्कृतिको प्रवद्र्धनमा थप योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार