मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बबई सिँचाइ आयोजनाद्वारा गुलरिया क्षेत्रका ३५४ जग्गाधनीलाई २७ करोड मुआब्जा वितरण
बबई सिँचाइ आयोजनाद्वारा गुलरिया क्षेत्रका ३५४ जग्गाधनीलाई २७ करोड मुआब्जा वितरण

Rato Pen 366+ समाचार ( )
२९ असार २०८२, सोमबार

होमेन्द्र थापा, बर्दिया 

बर्दियामा सञ्चालनमा रहेको बबई सिँचाइ आयोजनाले चालू आर्थिक वर्षमा गुलरिया क्षेत्रका ३५४ जना जग्गाधनीलाई २७ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ। मुख्य नहर निर्माणका लागि अधिग्रहण गरिएका ७५६ कित्ता जग्गामध्ये सो मुआब्जा चालू वर्षमा वितरण गरिएको हो।

आयोजनाका प्रमुख शुसिल चन्द्र देवकोटाका अनुसार, अघिल्लो आर्थिक वर्षमा ४५० कित्ता जग्गाका लागि ४ करोड २२ लाख रुपैयाँ मुआब्जा दिइएको थियो। हालसम्म कुल ३१ करोड २२ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको छ।

आयोजनाका लागि आवश्यक कुल मुआब्जा रकम ४६ करोड रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षका लागि थप १५ करोड रुपैयाँ विनियोजन भइसकेको छ।

बबई सिँचाइ आयोजना आर्थिक वर्ष २०४५/४६ देखि सुरु भए पनि बजेट अभावका कारण आरम्भमा काम सुस्त गतिमा अघि बढेको थियो। तर, सन् २०६८/६९ यता राष्ट्रिय गौरवको आयोजनाको सूचीमा परेपछि बजेट वृद्धि भई कार्यान्वयन तीव्र गतिमा भइरहेको छ।

पश्चिमतर्फ ४१.४ किलोमिटर लम्बाइको मुख्य नहरमध्ये हालसम्म ३० किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। बाँकी ११.४ किलोमिटरमध्ये ४ किलोमिटरको ठेक्का प्रक्रिया अघि बढिसकेको र सम्पूर्ण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

पूर्वतर्फको ३४ किलोमिटर लम्बाइको मुख्य नहर पूर्णरूपमा सम्पन्न भइसकेको छ। तर महम्मदपुर र भैसाही क्षेत्रमा विस्तारको केही काम बाँकी रहेको आयोजनाले जनाएको छ। यस्तै, पश्चिमतर्फ ठाकुरबाबा र मधुवन क्षेत्रमा शाखा तथा प्रशाखा नहर निर्माण कार्य भइरहेका छन्। गुलरिया नगरपालिकाभित्र भने संरचनागत निर्माणको अधिकांश काम अझै बाँकी छ।

गुलरियामा करिब ६ हजार हेक्टर क्षेत्र सिँचाइ सुविधा अन्तर्गत पर्नेछ। नहर निर्माणका लागि गुलरिया नगरपालिका वडा नं. १, २, ३, ४, ७, ८, १० र ११ का कृषकहरूले मुआब्जा प्राप्त गरेका छन्।

मुआब्जा निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति र सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसमितिले स्थानीय मूल्य, मालपोत दर, बैंक दर तथा विगतका निर्णयहरूका आधारमा दर प्रस्ताव गर्दै आएको छ।

हालसम्म आयोजनाको भौतिक प्रगति ७९ प्रतिशत पुगेको र बाँकी २१ प्रतिशत काम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार