मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दियाका विद्यालयहरूमा ‘स्वस्थ मन, स्वस्थ जीवन’ अभियान सुरु
बारबर्दियाका विद्यालयहरूमा ‘स्वस्थ मन, स्वस्थ जीवन’ अभियान सुरु

Rato Pen 366+ समाचार ( )
२२ पौष २०८२, बुधवार

बारबर्दिया नगरपालिकाभित्र रहेका विद्यालयहरूमा “स्वस्थ मन, स्वस्थ जीवन” भन्ने नाराका साथ मानसिक स्वास्थ्य सचेतना तथा सञ्चार अभियान–२०८२ सञ्चालन गरिएको छ। बारबर्दिया नगरपालिकाको आयोजनामा आधारभूत तथा माध्यमिक विद्यालयहरूमा लक्षित गर्दै उक्त अभियान निरन्तर रूपमा सञ्चालन गरिने छ।

अभियानको औपचारिक सुरुवात बारबर्दिया नगरपालिका वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालयबाट गरिएको हो। उद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईं, स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेललगायतको सहभागीतामा अभियानको थालनी गरिएको थियो।

कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले विद्यालय तहबाटै मानसिक स्वास्थ्यसम्बन्धी सचेतना आवश्यक रहेको औँल्याउँदै विद्यार्थीहरूको मानसिक सुदृढता, सकारात्मक सोच र आत्मविश्वास विकासमा यस्तो अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो। उहाँहरूले मानसिक रूपमा स्वस्थ विद्यार्थी नै सफल र जिम्मेवार नागरिक बन्न सक्ने धारणा राख्नु भयो।

नगरपालिकाका अनुसार उक्त अभियान बारबर्दिया नगरपालिकाभित्र रहेका २९ वटा विद्यालयमा सञ्चालन गरिनेछ। कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी माघ महिनाभरि विद्यालयमै पुगेर मानसिक स्वास्थ्य प्रवर्द्धन, सचेतना अभिवृद्धि तथा सकारात्मक सोच विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

अभियान अन्तर्गत बारबर्दिया नगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता जोसिना चौधरी र सामुदायिक नर्स अधिकृत एलीजा गौतमले सहजीकरण गरिरहनु भएको छ। सहजीकरणका क्रममा विद्यार्थी बालबालिका तथा किशोरकिशोरीहरूमा देखिने मानसिक तथा मनोसामाजिक समस्या, किशोरावस्थासँग सम्बन्धित चुनौती, मासिक धर्मसम्बन्धी जिज्ञासा र तिनको समाधानका उपायबारे जानकारी तथा सचेतना प्रदान गरिँदै आएको छ।

नगरपालिकाले स्वस्थ मन भए मात्रै स्वस्थ जीवन सम्भव हुने मान्यतासहित सबै सरोकारवाला निकाय, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहकार्यमा अभियानलाई सफल बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार