मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दियामा खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुने
बारबर्दियामा खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुने

Rato Pen 366+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

बारबर्दिया, २०८१ फागुन । होली पर्वको शुभ अवसरमा बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग तथा बारबर्दिया व्याडमिन्टन क्लबको समन्वयमा खुल्ला बारबर्दिया व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ। आयोजकका अनुसार प्रतियोगिता २०८१ साल फागुन १४ गतेदेखि फागुन १७ गतेसम्म वारबर्दिया नगरपालिकास्थित व्याडमिन्टन कभर्ड हल, जयनगरमा सञ्चालन हुनेछ।

प्रतियोगिताका विधिहरू:

प्रतियोगितामा विभिन्न चार विधामा खेल हुनेछन्:

  • खुल्ला ए लेवल: देशभरिबाट बरियता १५ बाहेकका खेलाडी सहभागी हुन सक्ने।

  • बी लेवल: बर्दिया जिल्लाका खेलाडी तथा कर्मचारीहरूका लागि।

  • सी लेवल: बारबर्दिया नगरपालिका भित्रका खेलाडी तथा कर्मचारीहरूका लागि।

  • भेट्रान खुल्ला: ४५ वर्ष उमेर पूरा भएका देशभरिका खेलाडीहरूका लागि (नागरिकता अनिवार्य)।

खेलका नियम तथा दर्ता प्रक्रिया:

  • प्रतियोगिता नकआउट विधिबाट खेलाइनेछ।

  • खेलमा सहभागी हुन २०८१ फागुन १२ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ।

  • खेलाडीको नाम दर्ता गर्दा स्पष्ट रूपमा टिपाउनु पर्नेछ।

  • सेमिफाइनलदेखि एकै प्रकारको ड्रेस अनिवार्य हुनेछ।

  • खेल ३५० सटल कर्कबाट खेलाइनेछ।

  • कार्ड प्राप्त गर्ने खेलाडीहरूले क्रमशः रु. ५००, १००० र १५०० जरिवाना तिर्नुपर्नेछ।

  • खेलमा कुनै दाबी वा विरोध परेमा खेल सकिएको ३० मिनेटभित्र रु. १००० शुल्क तिरी निवेदन दिन सकिनेछ।

दर्ता शुल्क:

  • खुल्ला लेवल: रु. ३०००

  • बी लेवल (बर्दिया जिल्ला): रु. २०००

  • सी लेवल (बारबर्दिया न.पा.): रु. २०००

  • भेट्रान खुल्ला लेवल: रु. २०००

पुरस्कार राशी:

स्थानखुल्ला लेवलबी लेवलसी लेवलभेट्रान लेवल
प्रथमरु. ७०,०००रु. ५०,०००रु. १५,०००रु. ३०,०००
द्वितीयरु. ३५,०००रु. २०,०००रु. ७,०००रु. १५,०००
तृतीयरु. १०,०००रु. ५,०००रु. ३,०००रु. ५,०००
तृतीयरु. १०,०००रु. ५,०००रु. ३,०००रु. ५,०००

नेपाल सरकारको नियमानुसार पुरस्कार राशीमा कर कट्टी गरिनेछ। खेलका सम्पूर्ण निर्णय आयोजक समितिले गर्नेछ।

अन्य जानकारी तथा टिम दर्ताका लागि आयोजक सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ। प्रतियोगितामा सहभागी हुने खेलाडीहरूका लागि बिहानको नास्ताको व्यवस्था गरिनेछ। बारबर्दिया ब्याडमिन्टन क्लबले पत्रकार सम्मेलान मार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार