मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

वासगेन परियोजना अन्तरगत गरिएका क्रियाकलापहरुको विद्यालयस्तरमा उपलब्धीको समिक्षा सुरु
वासगेन परियोजना अन्तरगत गरिएका क्रियाकलापहरुको विद्यालयस्तरमा उपलब्धीको समिक्षा सुरु

Rato Pen 366+ समाचार ( )
३ पौष २०८२, शुक्रबार

बारबर्दिया

वासगेन परियोजना अन्तर्गत परियोजना सम्पन्न हुने चरणमा पुगेसँगै परियोजना लागू भएका विद्यालयहरूमा देखिएका उपलब्धीहरूको समिक्षा सुरु गरिएको छ। परियोजना लागू भएका विद्यालयहरूबाट दुई–दुई जना शिक्षकहरूको सहभागितामा अधिकारसम्बन्धी कक्षा सञ्चालनपछि विकसित भएका राम्रा अभ्यासहरूबारे विद्यालयगत समूहमा छलफल गरी प्रस्तुति गरिएको हो।

समिक्षाका क्रममा मानव अधिकारसम्बन्धी जानकारीमा वृद्धि भएको, विद्यार्थीहरूले आफ्ना समस्या तथा सुझाव सम्बन्धित व्यक्ति वा निकायसम्म राख्न सक्ने बनेको, शुद्ध खानेपानी प्रयोग तथा सरसफाइ र स्वच्छतामा व्यवहार परिवर्तन सुरु भएकोजस्ता सकारात्मक उपलब्धीहरू देखिएको सहभागीहरूले बताएका छन्। यसैगरी अधिकारका लागि गर्न सकिने राम्रा कार्यहरूबारे पनि शिक्षकहरूले समूहगत छलफल गरी आफ्ना निष्कर्ष प्रस्तुत गरेका छन्।

छलफलमा सहभागी शिक्षकहरूले हालसम्म प्राप्त उपलब्धीलाई निरन्तरता दिनुपर्ने, मानव अधिकार तथा सरसफाइ र स्वच्छतासम्बन्धी सूचना बोर्डहरू राख्ने, थप विद्यार्थी र शिक्षकहरूलाई समेत यस विषयमा जानकारी गराउँदै लैजाने आवश्यकता औँल्याएका छन्। साथै सिकाइ र सुझावका विषयमा पहुँचयुक्त संरचना निर्माण, दिगोपनाका लागि निरन्तर सिकाइ र पुस्तान्तरण, हात धुने बानी तथा सरसफाइ र स्वच्छतामा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन्। सुझावका रूपमा कार्यक्रमको निरन्तरता, पुनर्ताजगी तालिम तथा नियमित अनुगमन आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा बारबर्दिया नगरपालिका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले वासगेन परियोजनाको सिकइलाइ नगरपालिकाका सबै ३९ वटा विद्यालयमा लागू गर्नुपर्ने धारणा राख्नुभयो। परियोजना सञ्चालन भएका विद्यालयमा प्राप्त सिकाइ अन्य विद्यालयहरूमा पनि विस्तार गरिएको उल्लेख गर्दै उहाँले दिगोपनाका लागि विद्यालयहरूले थप काम गर्नुपर्ने र त्यसका लागि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिलाई स्थानीयकरण गरी आवश्यकता अनुसार कार्यान्वयनको चरणमा रहेको बताउनुभयो। हाल पनि साझेदार संस्थाहरूसँग सहकार्य गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको र विद्यालयको दिवाखाजा व्यवस्थापन तथा अभिभावक शिक्षामा समेत जोड दिइँदै आएको उहाँको भनाइ थियो। सबै शिक्षक र अभिभावक मिलेर सकारात्मक रूपमा काम गरेमा विद्यालयमा सुधार अवश्य हुने उहाँले बताउनुभयो।

कार्यक्रमको सहजीकरण वाटर एडकी मञ्जु भाटले गर्नुभएको थियो। उहाँले शिक्षकहरूको मेहनत र लगनशीलताका कारण उल्लेखनीय उपलब्धी हासिल भएको उल्लेख गर्दै तीन वर्षे परियोजनाबाट प्राप्त उपलब्धीलाई संस्थागत गरी दिगोपना बढाउनुपर्नेमा जोड दिनुभयो।

उक्त कार्यक्रम युके एड र वाटर एडको आर्थिक सहयोग, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा बेस बर्दियाद्वारा सञ्चालित वासगेन परियोजना अन्तर्गत बारबर्दियामा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार