मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

तरबुजा बेच्न व्यस्त बबई नदी किनारका किसान
तरबुजा बेच्न व्यस्त बबई नदी किनारका किसान

Rato Pen 308+ समाचार ( )
२६ वैशाख २०८२, शनिबार

होमेन्द्र थापा, 

बर्दिया — बबई नदी किनारको वगर भूमिमा खेती गर्दै आएका किसानहरू यतिबेला पाकेको तरबुजा बिक्री गर्नमा व्यस्त छन्। पुस र माघ महिनामा रोपिएको तरबुजा अहिले पाकेर तयार भएपछि स्थानीय कृषकहरू बिहानदेखि बेलुकासम्म बजार खोज्नमा जुटिरहेका छन्।

गुलरिया नगरपालिका–४ का किसान फक्कु थारुका अनुसार, उनका परिवारका तीन सदस्य तरबुजा बिक्रीमा खटिएका छन्। उहाँ आफैं गाउँ–गाउँ डुलेर तरबुजा बेच्नुहुन्छ भने बुहारीले सडक छेउमा राखेर बिक्री गर्दै आउनु भएको छ। केही उपभोक्ता खेतमै वा घरमै पुगेर पनि तरबुजा किन्ने गरेका छन्।

यस्तै, अर्की किसान अनिता थारुको परिवार करिब तीन दशकदेखि बबई नदी किनारमा वगर खेती गर्दै आएको छ। हाल तरबुजा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। अनिता थारुले नगदसँगै अन्नअनाज साटासाट गरेर पनि तरबुजा बेच्दै आएकी छन्।

कृषकहरूका अनुसार, विषादीमुक्त र अर्गानिक उत्पादनप्रति चेतना बढेसँगै वगर खेतीप्रति आकर्षण बढेको हो। गर्मी मौसममा तरबुजाको माग उच्च हुनु, वगर खेतीमा सिँचाइको खासै आवश्यकता नपर्नु, लागत कम र मुनाफा बढी हुनुजस्ता कारणले भूमिहीन तथा न्यून आम्दानी भएका सयौं किसान वर्षौंदेखि यो खेतीमा संलग्न छन्।

पण्डितपुर, बगही, जब्दी, खुन्टिपुर, गणेशपुर र रत्नापुर जस्ता गाउँहरूबाट यस वर्ष करिब २०० देखि २५० जना किसान वगर खेतीमा संलग्न रहेको स्थानीयले जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार