मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

नक्कली भुटानी शरणार्थी प्रकरण : गृह मन्त्रालयकै गाडीमा बिचौलियाले पैसा ओसार्ने गरेको खुलासा

Rato Pen 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहका सदस्य तथा बिचौलियाहरूले गृह मन्त्रालयकै गाडी प्रयोग गरी पैसा ओसर्ने गरेको तथ्य उजागर भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहले गृह मन्त्रालयकै गाडीमा पैसा ओसारपसार गरेको तथ्य उजागर भएको हो ।

प्रहरीले त्यसरी दुरुपयोग गरिएको गृहको बा.१झ १५८१ नम्बरको सरकारी गाडी बरामद गरेपछि यो तथ्य उजागर भएको हो । बिचौलियाहरुले मन्त्रालयकै गाडी लिएर जिल्ला–जिल्ला पुगेर पीडितहरूको फाराम भराउने, पैसा उठाउनेदेखि उच्चपदस्थलाई बुझाउनसम्म गृह मन्त्रालयकै गाडी प्रयोग गर्ने तथ्य गरेको फेला परेको अनुसन्धानमा संलग्न अधिकृतहरुले जनाएका छन ।

प्रहरीले ठगी गिरोहले प्रयोग गरेको गृह मन्त्रालयको बा.१ झ १५८१ नम्बरको गाडी बरामद गरेको हो । सो गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेको छ । मियाँको समेत गिरोहसँग निकटता देखिएको छ । मियाँ प्रहरीको सम्पर्कमा आएका छैनन ।

विभिन्न व्यक्तिलाई पैसा बुझाउने वेला सोही गाडी प्रयोग भएको थियो । मोटो रकम निजी गाडीमा ओसारपसार हुँदा जोखिम हुने भएकाले गिरोहले गृहको गाडी प्रयोग गरेको थियो । पीडितहरूसँग उठाएर करोडौँ रकम उनीहरूले उच्चपदस्थलाई बुझाएका थिए ।

त्यही गाडीमा राखेर पैसा ओसारपसार गरेको अभियुक्तहरूले बयानमै बताएका छन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि गृहको गाडी बरामद गरिएको पुष्टि गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार