मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दियामा कुपोषित बालबालिकाका लागि निःशुल्क स्वास्थ्य जाँच तथा पोषण कोशेली वितरण
बारबर्दियामा कुपोषित बालबालिकाका लागि निःशुल्क स्वास्थ्य जाँच तथा पोषण कोशेली वितरण

Rato Pen 366+ समाचार ( )
२१ पौष २०८२, मङ्गलबार

बारबर्दिया नगरपालिका भित्रका करिब २ सयभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने प्रतिव्यक्ति करिब २ हजार रुपैयाँ बराबरको पोषण कोशेली वितरण गरिएको छ। कार्यक्रममा परियोजनाअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका कुपोषित बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य जाँच तथा पोषण कोशेली वितरण कार्यक्रम बारबर्दिया नगर अस्पतालमा सञ्चालन गरिएको हो।

बारबर्दिया नगरपालिकाको आयोजनामा जपान सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा आड्रा जापान तथा आड्रा नेपालको प्राविधिक सहयोग र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुरसँगको साझेदारीमा सञ्चालित स्वास्थ्य सबलीकरण परियोजनाअन्तर्गत तेस्रो वर्षको कार्यक्रम रहेको छ।

शिविरमा बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाईंले बालबालिकाको स्वास्थ्य जाँच गर्नु भएको थियो। साथै तौल तथा उचाइ मापन गरी पोषण अवस्था जाँच, कुपोषण पहिचान, पोषण कोशेली वितरण, आवश्यक औषधि निःशुल्क वितरण, पोषणसम्बन्धी परामर्श, स्वास्थ्य शिक्षा सम्बन्धी जानकारी तथा गम्भीर कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामा सिफारिस गर्ने सेवा प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले नगरपालिकाले बालबालिकाको पोषण सुधारका लागि निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। सहयोगी निकायहरूको सहकार्य र सहयोगले बाल पोषण सुधारमा सकारात्मक परिवर्तन आउनेमा विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले पोषण कोशेली बालबालिकालाई कसरी खुवाउने भन्ने विषयमा नमुना प्रस्तुत गरिएको जानकारी दिनुभयो। यसरी नियमित रूपमा पोषणयुक्त आहार खुवाउँदा बालबालिकाको पोषण अवस्थामा सुधार आउने अपेक्षा गरिएको उहाँको भनाइ थियो। बारबर्दिया नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म स्क्रिनिङ गरी कुपोषित बालबालिकालाई शिविरमा सहभागी गराइएको उहाँले जानकारी दिनुभयो।

त्यसैगरी, बारबर्दिया नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तीर्थ पौडेलले कार्यक्रमका सहयोगी निकायहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रम सफल बनाउन पहल गर्ने परियोजनाका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख रत्नकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, परियोजनाका कर्मचारीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार