मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

बर्दियाका पेट्रोल पम्पमा अनुगमन, उपभोक्ताहरू खुशी
बर्दियाका पेट्रोल पम्पमा अनुगमन, उपभोक्ताहरू खुशी

Rato Pen 308+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

होमेन्द्र थापा, 

बर्दियाका विभिन्न पेट्रोल पम्पहरूमा अनुगमन गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतको नेतृत्वमा गुणस्तर तथा नापतौल कार्यालय नेपालगंजबाट ल्याइएको चेक मेजर मेसिनमार्फत पेट्रोल, डिजेल र मट्टितेलको जाँच गरिएको हो।

अनुगमनका क्रममा उपभोक्तामात्र नभई पम्पका वितरकहरू समेत सन्तुष्ट देखिएका छन्। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बर्दिया, गुणस्तर तथा नापतौल कार्यालय नेपालगंज, स्थानीय निकाय, घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, उद्योग वाणिज्य संघ बर्दिया, उपभोक्ता संघ, प्रहरी तथा पत्रकारहरूको सहभागिता थियो।

अनुगमन बढैयाताल गाउँपालिका–८ को सुरज कर्णाली आयल डिष्ट्रिब्युटर्स प्रा.लि., गुलरिया नगरपालिका–६ को निलो आयल स्टोर, गुलरिया नगरपालिका–७ को हिमालय आयल स्टोर तथा मधुवन नगरपालिका–८ को चौधरी आयल स्टोर्समा गरिएको थियो। अनुगमनका क्रममा नाप–तौलको मिलान, टाँचा लगाइएको स्थान, पम्पको दर्ता र कर भुक्तानीको अवस्था लगायतका विषयहरू जाँच गरियो।

स्थानीय उपभोक्ताहरूले अनुगमनलाई सकारात्मक रूपमा लिँदै निरन्तर अनुगमन भएमा मिसावट रोक्न मद्दत पुग्ने र सही मूल्यमा पेट्रोलियम पदार्थ पाइने विश्वास व्यक्त गरेका छन्। बारबर्दिया नगरपालिका–४ का चन्ताराम थारुले भने, “यसरी नै अनुगमन भइरहे उपभोक्ताले सही मात्रा र मूल्यमा तेल पाउनेछन्।”

त्यसैगरी, बढैयातालस्थित सुरज कर्णाली आयल डिष्ट्रिब्युटर्स प्रा.लि.का प्रोप्राइटरले अनुगमनले व्यवसायमा पारदर्शिता बढ्ने भन्दै यसलाई आवश्यक प्रक्रिया भएको बताएका छन्। “अनुगमन हुँदा भएका कमीकमजोरी पत्ता लाग्छन्, यसरी बेलाबेला जाँच हुनुपर्छ,” उनले भने। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूको सक्रियताले पेट्रोलियम पदार्थमा हुने अनियमितता न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार