मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Rato Pen 366+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार

बर्दिया — ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले सञ्चालन गरेको बालिका शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत बारबर्दिया नगरपालिका–४ स्थित पञ्चजन्य माध्यमिक विद्यालयका ३१ जना विद्यार्थी बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै शिक्षामा लगानी गर्नु भनेको समाजको भविष्य निर्माण गर्नु भएको बताउनुभयो। उहाँले बालिकाको शिक्षा सुनिश्चित गर्न स्थानीय सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै विद्यालय छोड्ने अवस्था अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेले बालिकालाई शिक्षित बनाउन सके समाजमा हुने बालविवाह, हिंसा तथा विभेद न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले बालिकाको शिक्षा र आत्मनिर्भरता आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रम प्रभावकारी रहेको धारणा व्यक्त गर्नुभयो।

वडा नम्बर ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम योगीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका फिल्ड अधिकृत गणेशप्रसाद भट्टराईले गर्नुभएको थियो।

रेष्टले बालिका शिक्षा प्रवर्द्धन तथा सामाजिक कुरीति न्यूनीकरण गर्ने उद्देश्यसहित बर्दियामा एसजिटी तथा अमर कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। संस्थाका अनुसार एसजिटी (बालिका बेचबिखन रोकथाम) तथा अमर कार्यक्रममार्फत बालविवाह, मानव बेचबिखन, बालश्रम, लैङ्गिक हिंसा तथा असुरक्षित आप्रवास जस्ता समस्याविरुद्ध जनचेतना फैलाउँदै बालिकाको शिक्षा सुनिश्चित गर्न विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्।

वि.सं. २०४९ मा स्थापना भएको रेष्टले हाल १८ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले करिब २८ हजार विद्यार्थीलाई विभिन्न प्रकारका शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

बारबर्दिया नगरपालिकाका ९ वटा विद्यालयका २२५ विद्यार्थी कार्यक्रमबाट लाभान्वित भएका छन्। कार्यक्रममा विद्यालय पोशाक, झोला, कापी, डटपेन, स्वीटर, ज्यामिति बक्स लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो।

संस्थाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ट्युसन, अतिरिक्त पुस्तक, अभिभावक सहयोग तथा सिलाइ खर्च शीर्षकमा नगद सहयोगसमेत उपलब्ध गराउँदै आएको जनाएको छ। कक्षा ८ र ९ का विद्यार्थीलाई २ हजार रुपैयाँ तथा कक्षा १० का विद्यार्थीलाई ७ हजार रुपैयाँसम्म सहयोग प्रदान गरिएको जानकारी दिइएको छ।

कार्यक्रमअन्तर्गत बर्दियाका विभिन्न विद्यालयमा हाजिरीजवाफ, चित्रकला, निबन्ध लेखन, वक्तृत्वकला तथा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ। अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको क्षमता अभिवृद्धि र विद्यालयप्रतिको आकर्षण बढाउने प्रयास गरिएको संस्थाले जनाएको छ।

संस्थाले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकबाट सकारात्मक सहयोग प्राप्त भएको उल्लेख गरेको छ। साथै महिला तथा लैङ्गिक हिंसा सम्बन्धी कानुनी अधिकारका विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ।

कार्यक्रमको उपलब्धिअन्तर्गत विद्यालय छोडेका केही बालिकालाई पुनः विद्यालय फर्काउन सफल भएको संस्थाले जनाएको छ। बारबर्दिया नगरपालिका–४ स्थित पञ्चजन्य माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई पुनः विद्यालय पठाइएको तथा वडा नं. ५ स्थित जनशक्ति आधारभूत विद्यालयमा अध्ययनरत एक छात्रालाई परामर्शमार्फत पुनः विद्यालय फर्काइएको जानकारी दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार