मुख्य समाचार
किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति |

बारबर्दियामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा विविध कार्यक्रमसहित सम्पन्न
बारबर्दियामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा विविध कार्यक्रमसहित सम्पन्न

Rato Pen 367+ समाचार ( )
१८ मंगशिर २०८२, शुक्रबार

बारबर्दिया, 
बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ। “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रम प्रभातफेरीबाट प्रारम्भ हुँदै बजार परिक्रमा तथा र्‍याली तथा सभाकाे कार्यक्रम गरीएकाे छ । 

कार्यक्रमका क्रममा नगरपालिकाका ११ वटै वडाबाट चयन गरिएका २२ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। त्यस्तै, १३० जना स्वयंसेविकालाई उनीहरूको दीर्घकालीन निष्ठा, समर्पण र सेवाभावको कदर गर्दै झोला, छाता र टर्च वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य प्रवर्द्धन, मातृ–शिशु स्वास्थ्य, पोषण, खोप, रोग नियन्त्रण तथा स्वास्थ्य शिक्षाजस्ता महत्वपूर्ण क्षेत्रमा स्वयंसेविकाहरूले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै नगरपालिका नेतृत्वले विशेष धन्यवाद व्यक्त गरेको छ।

नगरप्रमुख छबिलाल थारुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले विपरीत परिस्थितिमा समेत समुदायलाई साथ दिँदै आएको भूमिकाको प्रशंसा गर्दै उनीहरूको समर्पणकै कारण नगरपालिका भरका स्वास्थ्य सूचकहरूमा निरन्तर सुधार भइरहेको बताउनु भयो। उहाँले आगामी दिनमा स्वयंसेविकाको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका कार्यक्रमलाई अझ सुदृढ बनाइने पनि उल्लेख गर्नु भयो।

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले स्वयंसेविकाहरू नगरपालिका स्वास्थ्य प्रणालीको मेरुदण्ड भएको बताउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने, सेवा पहुँच विस्तार गर्ने र मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउने कार्यमा स्वयंसेविकाहरूको योगदान अमूल्य रहेको टिप्पणी गर्नु भयो । उहाँले नगरपालिकाले सदैव स्वयंसेविकाको भूमिकालाई सम्मान गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो।

स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले आफूलाई कहिल्यै पछाडि नहटाई समुदायकै घर–आँगनमै सेवा पुर्‍याइरहेको उल्लेख गर्दै उहाँहरूको निरन्तर प्रयासकै कारण नगरपालिका स्तरमा धेरै सकारात्मक परिवर्तन देखिन थालेको बताउनु भयो। उहाँले आजको विशेष दिनमा स्वयंसेविकाहरूको मनोबल उच्च बनाउन नगरपालिकाले गरेको सम्मान कार्यक्रम महत्वपूर्ण भएको तथा आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिनु भयो।

कार्यक्रममा उपस्थित भई सफल बनाउन योगदान पुर्‍याएका १३० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवाला सबैप्रति नगरपालिकाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै