मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियामा २२ किलो अफिमसहित दुई जना पक्राउ
बर्दियामा २२ किलो अफिमसहित दुई जना पक्राउ

Rato Pen 366+ समाचार ( )
२१ वैशाख २०८२, सोमबार

होमेन्द्र थापा

 बर्दिया बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–१, चेपाङस्थित रत्नराजमार्ग सडकखण्डमा ठूलो परिमाणको लागूऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्।

प्रहरी चौकी चेपाङबाट खटिएको गस्ती टोलीले जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु ८० प १४६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक ३७ वर्षीय भक्तबहादुर शाही र पछाडि सवार २७ वर्षीय कुमार वाइवालाई पक्राउ गरेको हो।

उनीहरूको साथमा रहेको झोलाको जाँच गर्दा कालो झोलाभित्र प्लास्टिकमा प्याक गरिएको २२ वटा पोका फेला परेको प्रहरीले जनाएको छ। ती पोकाहरूमा २१ किलो ५६७ ग्राम अफिम रहेको प्रारम्भिक तौलमा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए।

पक्राउ परेका दुवै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत बर्दियाबाट म्याद थप गरिएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढीमा राखिएको छ।

प्रहरीका अनुसार उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ को परिच्छेद ३, दफा १४ को उपदफा १ (ख) (३) बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार