मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने

Rato Pen 366+ समाचार ( )
१३ भाद्र २०८३, शनिबार

बर्दिया । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै मधुवन नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले आफूले पाउने सेवा–सुविधाबाट सहयोग गर्ने निर्णय गरेका छन्।

मधुवन नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नगर प्रमुख र उपप्रमुखले १० दिन, वडा अध्यक्षहरूले ७ दिन, कार्यपालिका सदस्यहरूले ५ दिन तथा नगर सभा सदस्यहरूले २ दिन बराबरको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

त्यसैगरी, नगरपालिकाका कर्मचारीहरूले नेपाल सरकारबाट हुने निर्णयअनुसार राहत कोषमा सहयोग गर्ने निर्णयसमेत गरिएको नगर प्रवक्ता मेकबहादुर गुरुङले जानकारी दिनुभयो।

बैठकले बाढीपीडितका लागि संकलन हुने राहत तथा सहयोगलाई प्रभावकारी, पारदर्शी र वास्तविक पीडितसम्म सहज रूपमा पुर्‍याउन ‘एकद्वार राहत प्रणाली’लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। सोहीअनुसार सम्बन्धित वडा कार्यालयमार्फत राहत संकलन, समन्वय तथा वितरणको व्यवस्था मिलाउन नगरवासीलाई आग्रह गरिएको छ।

विपद्को पीडा साझा हो, सहयोगको भावना पनि साझा हुनुपर्छ भन्ने मान्यताका साथ मधुवन नगरपालिकाले रसुवा लगायत बाढी प्रभावित क्षेत्रका नागरिकको सहयोगका लागि इच्छुक सम्पूर्ण नगरवासीलाई एकद्वार प्रणालीमार्फत राहत सहयोग उपलब्ध गराउन आह्वान गरेको छ।

नगर प्रवक्ता गुरुङका अनुसार विपद्को यस कठिन घडीमा स्थानीय सरकार पीडित नागरिकको साथमा रहेको अनुभूति दिलाउन तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो।

मधुवन नगरपालिकाको यो निर्णयले “जनताको दुःखमा स्थानीय सरकार पनि सँगै छ” भन्ने मानवीय र संवेदनशील सन्देश दिएको छ।  मधुवनबाट करिब १५ लाख सम्म सहयोग पठाउने नगरप्रबक्ता गुरुङले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार