मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दिया नगरपालिकाको निर्णय: व्यवसाय करमा विशेष छुट घोषणा
बारबर्दिया नगरपालिकाको निर्णय: व्यवसाय करमा विशेष छुट घोषणा

Rato Pen 366+ समाचार ( )
२२ श्रावण २०८२, बिहीबार

बारबर्दिया नगरपालिका नगर कार्यपालिकाले व्यवसाय कर छुट सम्बन्धी सूचना सार्वजनिक गरेको छ । २०८२ साउन २२ गतेको कार्यपालिकाको निर्णय अनुसार नगर भित्र सञ्चालनमा रहेका व्यवसायहरूलाई २०८२ भदौ महिनाभित्र व्यवसाय कर बुझाएमा विशेष छुट दिइने व्यवस्था गरिएको हो । नगरपालिकाले सूचना जारी गर्दै व्यवसाय दर्ता, नविकरण र कर तिर्ने कार्यमा सक्रिय सहभागिता जनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।

सूचना अनुसार पहिलोपटक वडा कार्यालय वा नगरपालिकामा प्रणालीगत दर्ता भई कर नतिरेका व्यवसायले यदि भदौ महिनाभित्र दर्ता वा नविकरण गरी कर तिर्ने हो भने जीवितमान करमा १०० प्रतिशत छुट दिइनेछ । त्यस्तै, २०७४/०७५ साल अगाडि नै दर्ता भई तर नगरपालिकाबाट नविकरण नगरिएका व्यवसायहरूलाई पनि भदौ महिनाभित्र कर तिरेमा जीवितमान करमा १०० प्रतिशत छुट दिइनेछ । २०७५/०७६ देखि २०७८/०७९ भित्र दर्ता भएर नविकरण नगरिएका व्यवसायहरूलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तो अवस्थामा व्यवसाय कर निर्धारण दर्ता भएको आर्थिक वर्षका आधारमा गरिनेछ ।

निकायमा दर्ता नभई सञ्चालनमा रहेका व्यवसायहरूले पनि कर तिर्ने इच्छा व्यक्त गरेमा र उनीहरूको स्थापना मिति २०७४/०७५ सालभन्दा अघि प्रमाणित भएमा, कर गणना २०७४/०७५ सालसम्मको मात्रै गरी त्यसपछि बाँकी समयको मात्र कर निर्धारण गरिनेछ । यस्तो अवस्थामा पनि जीवितमान करमा १० प्रतिशत छुट दिइने छ ।

सूचनामा समयसीमाभित्र कर तिर्न नसकेका व्यवसायीहरूलाई भने छुटको व्यवस्था नहुने र सामान्य प्रक्रियाबाट कर संकलन गरिने उल्लेख गरिएको छ । साथै, श्रावण महिनाभित्र कर तिर्ने महिला व्यवसायीलाई अतिरिक्त १० प्रतिशत छुट दिइने जानकारी पनि नगरपालिकाले दिएको छ । यस अभियानबाट कर संकलनमा पारदर्शिता, सहभागिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ ।

नगरपालिकाले “कर आउने जाने – कर नतिर्ने हैन, समयमा तिर्ने जिम्मेवार नागरिक बनौँ” भन्ने नारासहित सबै व्यवसायीलाई समयमा कर तिर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार