मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीबारे अभिमुखीकरण
समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीबारे अभिमुखीकरण

Rato Pen 366+ समाचार ( )
११ असार २०८३, बिहीबार

बारबर्दिया– बारबर्दिया नगरपालिकामा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जलवायु उत्थानशील परियोजना (Climate Resilience Program–CRP) अन्तर्गत ट्राभल्स भिलेज बेल्वा बज्जा होटल, बारबर्दियामा आयोजित कार्यक्रम बारबर्दिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नन्दलाल थारुको अध्यक्षतामा भएको हो।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष रामफेरन थारु तथा वडा नं. १ का वडा अध्यक्ष कैलाशपति थारुले बाढी तथा विपद् जोखिम न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गरी जनधनको क्षति न्यूनीकरण गर्न सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । 

अभिमुखीकरण कार्यक्रममा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) का कार्यक्रम अधिकृत अशोक चौधरी तथा डिल्लीबहादुर थारुले सहजीकरण गर्नु भएको थियो । उहाँहरूले बाढी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी, समुदायको भूमिका तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराउनु भएको थियो । साथै सुचना प्रणालीका प्रक्रिया तथा सम्पर्क नियका तथा ब्यक्तिको बारेमा समेत जानकारी गराईएको छ । 

कार्यक्रममा वर्षा तथा बाढीसम्बन्धी सूचना प्राप्त गर्न ११५५ नम्बर र उद्धार तथा आपत्कालीन सहायता माग गर्न ११४९ नम्बर प्रयोग गर्न सकिने जानकारी समेत दिइएको थियो।

परियोजनाकी सुपरभाइजर सपना चौधरीका अनुसार कार्यक्रममा विपद् पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन, समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण तथा बाढीबाट हुन सक्ने क्षति कम गर्ने उपायबारे छलफल गरिएको थियो।

अभिमुखीकरण कार्यक्रममा वडा नं. १ देखि ४ सम्मका सातवटा सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले समुदायस्तरमा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा विपद् व्यवस्थापनका गतिविधिलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जलवायु परिवर्तनका कारण बढ्दो बाढी जोखिमलाई मध्यनजर गर्दै यस्ता कार्यक्रमले स्थानीय समुदायको तयारी र उत्थानशीलता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार