मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न
नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न

Rato Pen 366+ समाचार ( )
१९ भाद्र २०८२, शुक्रबार

बर्दिया,

नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी दुई दिनसम्म ठाकुरबाबा नगरपालिकाको ठाकुरद्धारामा भएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले सञ्चालन गरेको बाल विवाह न्यूनीकरण परियोजनाअन्तर्गत आयोजित दुई दिने गोष्ठीमा बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा रहेका नागरिक समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा सहभागीहरुले नागरिक समाजलाई दिगो, क्रियाशील र प्रभावकारी बनाउन पालिका र सहयोगी संस्थाले निरन्तर क्षमता विकासका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिनुभएकाे छ । सचेतनशील नागरिकहरुको समूह भए पनि यसको स्थायित्वका लागि स्थानीय सरकारको अपनत्व, स्वयम्सेवक परिचालन, कार्यालय व्यवस्थापन र योजनाबद्ध ढंगले काम गर्ने चुनौती रहेको सहभागीहरुको भनाइ थियो ।

चुनौतीबीच पनि नागरिक समाजले समुदाय स्तरमा बाल विवाह न्यूनीकरण र हानिकारक अभ्यास न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिइसकेको सहभागीहरुले औल्याएका छन् । साथै, स्थानीय सरकारका अभियानमा सहकार्य गर्ने, कमजोरी भए सचेत गराउने कार्यलाई निरन्तरता दिइरहेको उल्लेख गरियो ।

सामाजिक अभियन्ता तथा गोष्ठीका सहजकर्ता शिवलाल पाण्डेले नागरिक समाजको विश्व इतिहास, वर्तमान अवस्था र आवश्यकताबारे जानकारी गराउँदै यसको संरचना र समुदायमा खेल्नुपर्ने भूमिकाबारे प्रष्ट पार्नु भएकाे छ । उहाँले संजाल संस्थाले लेखाजोखा पारदर्शी बनाउन आवश्यक सबै पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा बी–ग्रुपका अध्यक्ष इन्द्र बहादुर भण्डारी, परियोजना प्रबन्धक खेम भण्डारी, प्राविधिक संयोजक जयलाल विश्वकर्मा तथा अन्य प्रतिनिधिहरूले सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ ।

भदौ १९ र २० गते सम्पन्न गोष्ठीमा चार पालिकाबाट २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार