मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

एसईई को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी

Rato Pen 1+ समाचार ( )
१७ असार २०८०, आइतबार

मोरङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेकाले असार २२ गते (शुक्रबार) सम्ममा नजिता सार्वजनिक गर्न सक्ने जानकारी दिनुभयो । 

एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय नभइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले १८ फागुन २०७८ मा संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अंक ल्याउनैपर्छ । सैद्धान्तिकतर्फ कुनै विषयमा ३५ भन्दा कम अंक ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने र कक्षा ११ पढ्न नपाउने र एनजी लेखेको नतिजा भएका विद्यार्थीलाई मूल प्रमाणपत्र नपाउने व्यवस्था छ । 

बोर्डले गत वर्षको एसईईको नतिजा कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएको भन्दै ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको थियो । जस अनुसार शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार भएको थियो । उक्त विधि अनुसार ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा सार्वजनिक हुनु अघि बोर्डले गरेको निर्णय अनुसार नतिजा सार्वजनिक गरिने बताउनुभयो ।  गत चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा देशभरबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार