मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |
मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड १५ लाखको बजेट ल्यायो
बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड १५ लाखको बजेट ल्यायो

Rato Pen 366+ समाचार ( )
११ असार २०८३, बिहीबार


बारबर्दिया, असार १० – बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९९ करोड १५ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा नगर उपप्रमुख तथा सभा उपाध्यक्ष रत्नकुमारी पाण्डेले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, उद्योग र पर्यटनमार्फत नगरको समृद्धि हासिल गर्ने लक्ष्यसहित बजेट ल्याउनु भएको हो । 

प्रस्तुत बजेटमध्ये चालुतर्फ ७० करोड २८ लाख ८६ हजार रुपैयाँ (७१ प्रतिशत) र पुँजीगततर्फ २८ करोड ८६ लाख ३८ हजार रुपैयाँ (२९ प्रतिशत) विनियोजन गरिएको छ। नगरपालिकाले आन्तरिक राजस्वबाट ६ करोड ३१ लाख, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ३३ लाख तथा प्रदेश सरकारबाट १ करोड २७ लाख रुपैयाँभन्दा बढी प्राप्त हुने अनुमान गरेको छ। त्यसैगरी संघ तथा प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६७ करोड २३ लाख ३८ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

नगरसभामा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा संशोधित कुल बजेट १ अर्ब २ करोड ८४ लाख ७० हजार रुपैयाँमध्ये हालसम्म चालुतर्फ ६९.५३ प्रतिशत र पुँजीगततर्फ ३८.५६ प्रतिशत खर्च भई औसत ५९ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।

चालु आर्थिक वर्षमा नगरपालिकाले सडक कालोपत्रे, सडक स्तरोन्नति, कल्भर्ट निर्माण, सामुदायिक भवन, विद्यालय भवन, बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, खेलमैदान तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणका दर्जनौँ आयोजना सम्पन्न गरेको जनाएको छ। रामप्रसाद मार्ग, सहिद मार्ग, रुपलाल मार्ग, बैरिया–पदनाहा सडक, बनियाभार बर्थिङ सेन्टर लगायतका महत्वपूर्ण योजनाहरू सम्पन्न भएका छन् भने १५ शैयाको नगर अस्पताल, शीतभण्डार, विद्यालय भवन तथा केही सडक आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने, गरिबी न्यूनीकरण गर्ने, कृषि, पर्यटन, उद्योग तथा व्यापारको पूर्वाधार विकास गर्ने तथा शिक्षा, स्वास्थ्य र लैङ्गिक समानताको क्षेत्रमा सुधार गर्ने लक्ष्य लिएको छ।

नगरस्तरीय कार्यक्रम तथा प्रशासनिक व्यवस्थापनका लागि १९ करोड ६१ लाख १६ हजार रुपैयाँ र पूर्वाधार विकास तथा योजना सञ्चालनका लागि ११ करोड ६७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ४ करोड ८४ लाख ३० हजार रुपैयाँ छुट्याइएको छ।

स्वास्थ्य क्षेत्रका लागि ३ करोड ९४ लाख ४२ हजार रुपैयाँ, शिक्षा क्षेत्रका लागि ८ करोड १० लाख रुपैयाँ, कृषि विकासका लागि ४२ लाख १० हजार रुपैयाँ, पशुसेवाका लागि ४५ लाख ४२ हजार रुपैयाँ तथा महिला, बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि १९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी न्यायिक समितिको कार्यक्रम सञ्चालनका लागि १८ लाख ३० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि १६ लाख, आयुर्वेद सेवाका लागि ९ लाख, लघु उद्यम विकासका लागि १५ लाख ७० हजार तथा सूचना प्रविधि र डिजिटल सेवा विस्तारका लागि ५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

नगरपालिकाले जनचेतना आधारभूत विद्यालय धधवार–वैदी–जब्दी सडक कालोपत्रेका लागि १ करोड रुपैयाँ, रुपलाल मार्गको अधुरो कालोपत्रे सम्पन्न गर्न ५० लाख रुपैयाँ, किसानसँग मेयर कार्यक्रमका लागि ३० लाख रुपैयाँ तथा कोइकासँगको साझेदारी कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ। साथै बेलबाबज्जा–पदनाहा–बैरिया सडक कालोपत्रे, थानफेना–जब्दी सडक निर्माण तथा बैरिया–जगतिया–सिटिबरेली सडक कालोपत्रेका लागि समेत बजेट व्यवस्था गरिएको छ।

बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख पाण्डेले नगरको समृद्धि र विकासका लागि सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा सम्पूर्ण नगरवासीको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले "कृषि, उद्योग र पर्यटनमा वृद्धि : बारबर्दिया नगरपालिकाको समृद्धि" भन्ने नारालाई साकार पार्ने आधारका रूपमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट रहेको उल्लेख गर्रिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार