मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

वडासचिवमाथि हातपात भएको विषयमा खेद व्यक्त
सुन्दरहरैंचाका वडासचिवहरुको आन्दोलन फिर्ता, घटना दोहोरिन नदिने वडाध्यक्षको प्रतिवद्धता

Rato Pen 1+ समाचार ( )
सुन्दरहरैंचा ९ का वडासचिवमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलित भएका मोरङको सुन्दरहरैंचा नगरपालिकाका वडासचिवहरुले आन्दोलन फिर्ता लिएका छन् । आज नगर उपप्रमुख अकली चौधरीको अध्यक्षतामा नगरपालिकामा भएको सर्वपक्षिय सर्वदलीय बैठकमा वडासचिवमाथि दुव्र्यवहार गर्ने भिषण थापाले माफि माग्नुका साथै सुन्दरहरैंचा ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले घटनाको नैतिक जिम्मेवारी लिइ आत्मआलोचना गर्दै यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता जनाएपछि वडासचिवहरुले आन्दोलन फिर्ता लिएका हुन् ।
३० जेठ २०८०, मङ्गलबार

सुन्दरहरैंचा । सुन्दरहरैंचा ९ का वडासचिवमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलित भएका मोरङको सुन्दरहरैंचा नगरपालिकाका वडासचिवहरुले आन्दोलन फिर्ता लिएका छन् । आज नगर उपप्रमुख अकली चौधरीको अध्यक्षतामा नगरपालिकामा भएको सर्वपक्षिय सर्वदलीय बैठकमा वडासचिवमाथि दुर्व्यवहार गर्ने भिषण थापाले माफि माग्नुका साथै सुन्दरहरैंचा ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले घटनाको नैतिक जिम्मेवारी लिइ आत्मआलोचना गर्दै यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता जनाएपछि वडासचिवहरुले आन्दोलन फिर्ता लिएका हुन् । सर्वदलिय बैठकले वडासचिवमाथि हातपात भएको विषयमा खेद व्यक्त गरेको छ ।

बैठकमा उपप्रमुख अकली चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मचिन्द्र वस्नेत, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शमशेर जवरा, सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशन प्रसाद ढकाल, सुन्दरहरैंचा ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, सुन्दरहरैंचा ९ का वडासचिव डिक बहादुर भण्डारी, नेपाली कांग्रेसका नेता ललित श्रेष्ठ, राजेन्द्र प्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका नेता नवराज चापागाईं, दुश्यन्त भट्टराई, नेकपा एमालेका नगर अध्यक्ष मातृका प्रसाद ढकाल, सुन्दरहरैंचा ९ का वडासदस्यहरु, दुव्र्यवहारमा संलग्न व्यक्तिहरु लगायतको सहभागीता रहेको थियो । 

 गत आइतबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का वडासचिव डिकबहादुर भण्डारीमाथि सेवाग्राही भएर आएका स्थानीय भिषण थापाले दुव्र्यवहार गरेका थिए । अविवाहित प्रमाणित गर्न आएका स्थानीय भिषण थापालाई वडाध्यक्ष प्रकाश श्रेष्ठले यो काम वडा सविचले गर्ने हो भनेर भनिदिएपछि उनीहरुले वडासचिवमाथि दूव्र्यवहार गरेका थिए । पछि अविवाहित प्रमाणित गर्ने काम वडासचिवको नभइ वडाध्यक्षकै भएको बुझेपछि सचिवमाथि दूव्र्यवहार गर्ने थापाले वडासचिवसँग त्यस बेलै पनि माफि मागेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार