मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दियामा अष्टिम्की विशेष कार्यक्रम, हजारौं महिलाद्वारा सामूहिक पूजा
बारबर्दियामा अष्टिम्की विशेष कार्यक्रम, हजारौं महिलाद्वारा सामूहिक पूजा

Rato Pen 366+ समाचार ( )
३० श्रावण २०८२, शुक्रबार

बर्दिया — बारबर्दिया नगरपालिकाले आयोजना गरेको अष्टिम्की विशेष कार्यक्रममा हजारौं महिला दिदीबहिनीहरूले एउटै मञ्चमा सामूहिक रूपमा अष्टिम्कीको पूजा गरेका छन्। कृष्ण जन्माष्टमीको अवसरमा थारु समुदायको परम्परा, संस्कृति र एकरूपता संरक्षणका लागि आयोजना गरिएको यो कार्यक्रम विशेष आकर्षणको केन्द्र बनेको हो।

बारबर्दियाका ११ वटै वडाबाट कम्तीमा १५/१५ जनाको समूह बनाएर ८७ समूहका महिलाहरूले सामूहिक रूपमा पूजा गरेका थिए। थारु समुदायका महिलाहरू आफ्नै परम्परागत पहिरन, गहना र पूजा सामग्रीसहित कार्यक्रमस्थलमा उपस्थित भएका थिए। सहभागीहरूले आपसी अनुभव साटासाट गर्दै उत्साहपूर्वक पूजा अर्चना गरेका थिए।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले यो कार्यक्रम गाउँ–गाउँको सांस्कृतिक अभ्यासबारे जान्ने र फरक–फरक ढंगले मनाइने पर्वलाई एकै स्थानमा एकत्रित गरी सांस्कृतिक आदानप्रदानको अवसरका रूपमा लिएको बताउनु भयाे । साथै, थारु समुदायको सम्मान र सांस्कृतिक सम्पदाको संरक्षणमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयाे । 

कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले बारबर्दिया नगरपालिकाले थारु समुदायका विभिन्न चाडपर्वको संरक्षण र दस्तावेजीकरणका लागि निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिनु भयाे । गत वर्ष तिहार विशेष कार्यक्रम आयोजना गरिएकोमा यस वर्ष अष्टिम्की विशेष कार्यक्रम गरिएको हो।

सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक विकास समितिका संयोजक रामफेरन थारुले सञ्चालन गर्नु भएकाे थियाे ।

थारु समुदायमा अष्टिम्कीको विशेष धार्मिक महत्व रहन्छ। यस पर्वमा महिलाहरू अघिल्लो दिन दर खाने, अष्टमीको दिन व्रत बस्ने, बेलुकी कृष्णको पूजा गरेर फलफूल, दूध र दही मात्र खाने र भोलिपल्ट पूजा सामग्री नदी वा खोलामा विसर्जन गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यसरी व्रतवसी पूजा गर्दा घरमा शान्ति, सुख–समृद्धि र रोग–व्याधि निवारण हुने मानिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार