मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

बारबर्दिया नगरअस्पतालबाट बिशेषज्ञ सेवा प्रदान गर्दै ।
बारबर्दिया नगरअस्पतालबाट बिशेषज्ञ सेवा प्रदान गर्दै ।

Rato Pen 308+ समाचार ( )
१० असार २०८१, आइतबार

बारबर्दिया, असार ९ गते

बारबर्दिया नगरअस्पतालले नगरबासीहरुलाई मासिक रुपमा मानसिक रोगसंग सम्बन्धीत बिशेषज्ञ सेवा प्रदान गर्नका लागि निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गर्दै आएको छ । दश बर्षे सशस्त्रका बेला द्वन्द्वपीडित परिवारलाई लक्षित गरेर संचालन गरेको मानसिक स्वास्थ्य परिक्षण कार्यक्रमलाई सेवा दिन आउने सम्पुर्णलाई नियमित सेवा प्रदान गर्दै आएको हो । 

स्वास्थ्य सेवा संचालनका लागि प्रत्येक महिनाको दोस्रो आईतबार सिभिल अस्पताल काठमाडौमा कार्यरत वरिष्ठ मानशिक रोग विशेषज्ञ डा. अरविन्द भुसालले बारबर्दिया आउने गर्नु भएको छ । 

असार ९ गते संचालन भएको मानसिक स्वास्थ्य परिक्षण कार्यक्रममा ६९ जनाको स्वास्थ्य सेवा तथा परामर्श लिनु भएको छ । बिरामीहरुले निशुल्क रुपमा आफ्नै पालिकामा बिशेषज्ञसेवा पाउदा निकै खुसि भएको बताउनु भएको छ । बारबर्दिया ९ बैदीकी आशारानी थारुले उपचारका लागि नेपालगंज, भारतको लखनउ सम्म जानु पर्ने बाध्यता हतेको बताउनु भएको छ । बाहिर क्षेत्र जान नपरेपछि पैसा र समयको बचत हुने भएकोले आर्थिक भार र मानशिस रुपमा नै सहज भएको बताउनु भएको छ । उहाँले आफु नियमित चेकजाच र परामर्शको लागि आउने गरेको बताउनु भएको छ । 

बारबर्दिया नगरपालिका र सि.एम.सी. नेपालको साझेदारी तथा सहयोगमा बारबर्दिया नगरअस्पतालमा नियमित प्रत्येक महिनाको दोस्रो आईतबार बिशेषज्ञ सेवा दिराख्नु भएको छ । यस अघि १ सय २१ जना सम्म पनि सेवाको लागि आउने गरेको बारबर्दिया नगर अस्पताल विकास समितिका अध्यक्ष तिर्थ पौडेले जानकारी गराउनु भएको छ । बारबर्दिया नगर अस्पतालमा मनोसामाजिक परामर्श शाखामा दुई जना मनोपरामर्शकर्ता र एक जना स्वयमसेवक गरी ३ जना कर्मचारीको ब्यबस्था रहेको छ । नियमत अहिले सातौँ पटक बिशेषज्ञ सेवा प्रदान गरीएको अध्यक्ष पौडेलले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार