मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियाले ४ वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्ने प्रक्रिया अगाडी बढायो
बारबर्दियाले ४ वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्ने प्रक्रिया अगाडी बढायो

Rato Pen 368+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिकाले यस बर्ष ४ वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्ने प्रक्रिया अगाडी बढाएको छ । मंगलबार नगरस्तरीय बालअधिकार समितिको बैठक बसी बाल विवाह मुक्त वडा घोषणाका लागि कार्यदल गठन गरी पाँच दिन भित्रमा चार वटैवडामा अनुगमन गरी कार्यपालिकामा बुझाउने निर्णय गरेको छ । 

बारबर्दिया नगरपालिकाको वडा नम्बर २, ५,६र७ लाई बाल विवाह मुक्त घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको बाल अधिकार समितिका सदस्य तथा महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख उशा पुनले जानकारी गराउनु भएको छ ।

बारबर्दिया नगरपालिकाकी सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीको संयोजकत्वमा शिक्षा शाखा, स्वास्थ्य शाखा, प्रहरी, बाल अधिकार सम्बन्धी काम गर्ने संस्था, बाल क्लकका प्रतिनिधि र महिला बालबालिका शाखा प्रमुख सदस्य सचिव रहने गरी ७ सदस्सीय बाल विवाह मुक्त वडाका लागि पालिका स्तरीय अनुगमन तथा मुल्याँकन समिति गठन गरीएको छ । अनुगमन गर्दा वडाको प्रत्येक टोल नछुट्ने गरी जोखिम युक्त टोलमा अनुगमन  गर्ने वडाबाट प्राप्त सुचना र प्रहरीबाट प्राप्त गर्ने सुचना अधिकारिक रुपमा सम्बन्धीत निकायबाट प्रदानको लागि अनरोध गर्ने निर्णय गरेको छ । 

बारबर्दिया नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानसंगै बाल विवाह मुक्त वडा घोषणाका गर्नका लागि तयारी कार्यक्रमहरु संचालन गर्ने भएको छ । जसमा बाल बालिका सम्बन्धी काम गर्ने संस्था भेरी वातावरणीय विशिष्टता समुह(बि ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र लगाएतका संस्थाहरुले सहयोग तथा सहकार्य गर्ने भएको छ । 

बाल अधिकार समितिका संयोजक तथा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा नगरप्रमुख छबिलाल थारु, प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आर्चाय, शिक्षा, स्वास्थ्य शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार