मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

बारबर्दिया नगर अस्पतालमा रक्त सञ्चार सेवा औपचारिक रूपमा सुरु
बारबर्दिया नगर अस्पतालमा रक्त सञ्चार सेवा औपचारिक रूपमा सुरु

Rato Pen 308+ समाचार ( )
११ श्रावण २०८२, आइतबार
 बर्दिया,
बारबर्दिया नगर अस्पतालमा रक्त सञ्चार (Blood Transfusion) सेवा आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नगर प्रमुख छविलाल थारुले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सरिता राजीलाई रगतको पोका हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नुभएको हो।

यसअघि गत कात्तिक १३ गते मंगलबार रक्त सञ्चार केन्द्र स्थापना गरिएको थियो। बारबर्दिया नगरपालिका, रेडक्रस उपशाखा बारबर्दिया तथा अस्पतालको समन्वयमा केन्द्र स्थापना गरिएको हो। रगत सङ्कलन र आपूर्तिको पूर्वाधार तयार गर्दै सञ्चालनको तयारी गरिएसँगै हाल सेवा औपचारिक रूपमा सुरु भएको हो।
उक्त अवसरमा उद्यम विकास शाखा प्रमुख पार्वती गौडेलले बारबर्दिया–२, जोगीगाउँका थालेसिमियाका बिरामी विकास थारुलाई O+ रगत दान गर्नुभयो। सिकलसेल तथा थालेसिमियाबाट पीडित बिरामीका लागि यो सेवा महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज पौडेल, अस्पताल प्रमुख डा. माधव पन्त, डा. सुधिर केसी, डा. जितेन्द्र यादव, तथा रक्तसञ्चार केन्द्रका प्राविधिक अंकक्ष चौधरी लगायतको सहकार्यमा सेवा सञ्चालनमा आएको हो।
बारबर्दिया सिकलसेल नगर समितिले यो कार्यलाई स्वास्थ्य क्षेत्रमा थपिएको महत्वपूर्ण उपलब्धीको रूपमा लिँदै सम्पूर्ण टिमलाई आभार व्यक्त गरेको छ। साथै, स्थानीय स्तरमै सुलभ र नियमित रक्त सेवा उपलब्ध होस् भन्ने शुभकामनासमेत व्यक्त गरिएको छ।
यस क्षेत्रमा सिकसेल तथा थालेसेमिया विरामीहरुको संख्या अन्य धेेरै रहेकोले सिकलसेल अस्पतालको आवश्यकता रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार