मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा

Rato Pen 366+ समाचार ( )
२९ जेठ २०८३, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको गुलरिया नगरपालिका–२ स्थित कृष्णसार संरक्षण क्षेत्र आसपासका बस्तीमा आतंक मच्चाइरहेको चितुवालाई आज नियन्त्रणमा लिइएको छ। संरक्षण क्षेत्र कार्यालयले स्वचालित क्यामरा र केजको प्रयोग गरी चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार पछिल्लो समय चितुवा गाउँ तथा सामुदायिक वन आसपासका क्षेत्रमा नियमित रूपमा देखिन थालेको थियो। चितुवाले संरक्षण क्षेत्रमा रहेका कृष्णसारका साथै घरपालुवा गाई, भैँसी र बाख्रामाथि आक्रमण गर्दै आएको तथा कतिपयलाई आहारसमेत बनाएको स्थानीयहरूको भनाइ छ।

चार दिनअघि स्थानीय बासिन्दाले सामुदायिक वन क्षेत्र हुँदै बबई नदीतर्फ भैँसी चराउन लैजाने क्रममा चितुवाले भैँसीमाथि आक्रमण गर्दा एक स्थानीय घाइते भएका थिए। त्यसपछि मानव तथा पशुधनको सुरक्षालाई ध्यानमा राख्दै संरक्षण क्षेत्र कार्यालयले जेठ २५ गतेदेखि दुईवटा स्वचालित क्यामरा जडान गरी केज थापेको थियो।

कृष्णसार संरक्षण कार्यालय गुलरिया, बर्दियाका रेन्जर तथा सूचना अधिकारी रामु के.सी. का अनुसार चितुवाको गतिविधि बढ्दै गएपछि मानवीय क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नियन्त्रण अभियान सञ्चालन गरिएको हो। आज चितुवा केजमा परेपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।

सूचना अधिकारी के.सी.का अनुसार यसअघि आर्थिक वर्ष २०७३/७४ मा एक, आर्थिक वर्ष २०८०/८१ मा एक र चालु आर्थिक वर्षमा एक गरी हालसम्म तीन वटा चितुवा यस क्षेत्रमा नियन्त्रणमा लिइसकिएको छ। नियन्त्रणमा लिइएको चितुवालाई आवश्यक प्रक्रिया पूरा गरी उपयुक्त प्राकृतिक बासस्थानमा लगेर छाडिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार