मुख्य समाचार
किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति |

रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो
रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो

Rato Pen 367+ समाचार ( )
२८ जेठ २०८३, बिहीबार

बर्दिया,  — बारबर्दिया नगरपालिका–२ रानीजरुवामा महान् सहिद विष्णु पोख्रेल र धनिराम थारूको २८औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट यही स्थानमा हत्या गरिएका सहिदद्वयको सम्झनामा प्रत्येक वर्ष जेठ २८ गते स्मृति दिवस मनाउने गरिन्छ।

नेपाली कम्युनिस्ट पार्टी नगर कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पार्टीका जिम्मेवार कार्यकर्ता, सहिद परिवार तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सहिद स्मारक स्थलमा आयोजित कार्यक्रममा सहिदद्वयप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँहरूको योगदानको स्मरण गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले राष्ट्र, समाज र जनताको हक, अधिकार, स्वतन्त्रता तथा न्यायपूर्ण समाज निर्माणका लागि विष्णु पोख्रेल र धनिराम थारूले गरेको त्याग, साहस र बलिदान सधैं स्मरणीय रहने बताएका थिए। उहाँहरूको बलिदानले समानता, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र समृद्ध राष्ट्र निर्माणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरिरहेको वक्ताहरूको भनाइ थियो।

वक्ताहरूले सहिदहरूले देखाएको सपना र आदर्शलाई आत्मसात गर्दै समाज रूपान्तरण तथा राष्ट्र निर्माणको यात्रामा समर्पित हुनु नै उहाँहरूप्रतिको सच्चा सम्मान हुने धारणा व्यक्त गरेका थिए। साथै, सहिदहरूको अधुरो सपना पूरा गर्नु वर्तमान पुस्ताको दायित्व भएको उल्लेख गरिएको थियो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले “सहिदहरू कहिल्यै मर्दैनन्, उनीहरू जनताको हृदयमा अमर रहन्छन्” भन्ने भाव व्यक्त गर्दै सहिदहरू इतिहासका पात्र मात्र नभई न्याय, स्वतन्त्रता र मानवीय गरिमाका लागि गरिएको त्यागका जीवित प्रतीक भएको बताए।

यस अवसरमा महान् सहिद विष्णु पोख्रेल तथा धनिराम थारूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँहरूका परिवारजनप्रति हार्दिक समवेदना र उच्च सम्मान प्रकट गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार