मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियामा व्यावसायिक फूल खेती विस्तार
बर्दियामा व्यावसायिक फूल खेती विस्तार

SizTex 42+ समाचार ( )
३ भाद्र २०८३, बुधवार

होमेन्द्र थापा, बर्दिया

गुलरिया, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ खैरीका कृषक रामचरण थारूले व्यावसायिक फूल खेती गर्दै आउनुभएको छ । जिल्लामै आवश्यक फूल उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको फूल खेती अहिले थारू परिवारको आम्दानीको राम्रो स्रोत बनेको छ ।

छोरीको प्रेरणामा पाँच वर्षअघि तीन कठ्ठा जमिनबाट सुरु गरिएको फूल खेती राम्रो भएपछि दोस्रो वर्षदेखि करिब एक बिघा क्षेत्रफलमा विस्तार गरिएको थारूले बताउनुभयो । यस वर्ष उहाँको खेतमा सयपत्री र सुपारे जातका फूल लगाइएको छ ।

चितवनबाट अनलाइनमार्फत बीउ मगाएर असार १४/१५ गते ब्याड राखिएको र साउन २० गतेदेखि बिरुवा रोप्न सुरु गरिएको थारूले बताउनुभयो । अहिले खैरीमा फूलका बिरुवा रोप्ने कामसँगै बिरुवा बिक्रीसमेत भइरहेको छ ।

अन्य बालीको तुलनामा लगानी कम र आम्दानी बढी हुने भएकाले फूल खेतीलाई निरन्तरता दिएको थारूको भनाइ छ । उहाँका अनुसार बिरुवा रोपेको ८० देखि ९० दिनमा फूल बिक्रीका लागि तयार हुन्छ । एक कठ्ठा जमिनमा करिब एक क्विन्टलसम्म फूल उत्पादन हुने उहाँले बताउनुभयो ।

गत वर्ष थारू परिवारले एक लाख ७५ हजार रुपैयाँभन्दा बढीको फूल बिक्री गरेको थियो । चाडपर्वका समयमा घरबाटै तथा स्थानीय बजारमा प्रतिकिलो पाँच सय ५० रुपैयाँसम्ममा फूल बिक्री गरिएको थियो ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा फूलको माग बढ्दै गएपछि बर्दियामा पनि यसको व्यावसायिक खेती विस्तार हुन थालेको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेसँगै बाहिरी जिल्लाबाट फूल ल्याउनुपर्ने निर्भरता घट्ने अपेक्षा गरिएको छ । थारूले बर्दियामा व्यावसायिक रूपमा फूल खेती सुरु गर्ने आफू पहिलो कृषक भएको दाबी गर्नुभएको छ । अहिले फूल उत्पादनसँगै बिरुवा बिक्रीलाई समेत उहाँको परिवारले व्यवसायको अर्को आधार बनाउनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार