मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन

SizTex 38+ समाचार ( )
१८ चैत्र २०८१, बुधवार

बर्दिया – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितको पदाधिकारी टोली भाेली बेलुकी बर्दिया आइपुग्ने भएका छन्। "जनतासँग माओवादी, तराई मधेस जागरण अभियान" अन्तर्गत चैत्र २२ गते बर्दियाका विभिन्न स्थानमा अन्तरक्रिया, भेटघाट तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

माओवादी केन्द्र बर्दिया जिल्ला इन्चार्ज सन्त कुमार थारुका अनुसार अध्यक्ष प्रचण्ड नेतृत्वको टोली बढैयाताल गाउँपालिका, गुलरिया, मधुवन र ठाकुरबाबा नगरपालिकाका विभिन्न स्थानमा पुग्नेछ।

कार्यक्रम अनुसार अध्यक्ष प्रचण्डको टोली भाेली राति बढैयाताल गाउँपालिका-५, जगतिया माईती गाउँमा बस्नेछ। पर्सि बिहान ७ बजे बढैयातालको अवलोकन तथा मोर्निङ वाक गर्ने, बिहान ८ बजे जगतियामा सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि बिहान १० बजे बढैयाताल-६, मैनापोखरमा जनसभा आयोजना हुने र अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्। दिउँसो १२ बजे गुलरिया नगरपालिका-१२, बिक्रीगाउँमा सहिद कृष्ण चौधरीको शालिक अनावरण तथा सहिद परिवारसँग भेटघाट र जनसम्बोधन हुनेछ। सोही दिन १२ बजे बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा नगर अधिवेशन उद्घाटन, दिउँसो २ बजे मधुवन नगरपालिकाको लालीबजारमा जनसम्बोधन, ३:३० बजे ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँमा नागरिक संवाद कार्यक्रम तथा २२ गते बेलुकी ५ बजे बिदाई कार्यक्रम हुनेछ।

अभियानमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरु सहभागी हुनेछन्। यसै क्रममा आज बाँके पुगेको माओवादी टोली भाेली साँझ बर्दियाको जगतिया माईती गाउँमा बास बस्न आउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार