मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बाल विवाह न्युनिकरणका लागि अन्तरक्रिया तथा रेडियो बहस
बाल विवाह न्युनिकरणका लागि अन्तरक्रिया तथा रेडियो बहस

Rato Pen 366+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिका वडा नम्बर ७ लाई बाल विवाह मुक्त घोषणाको अन्तिम तयारी भईरहेको बेलामा दिर्घकालीन रणनीतिकका साथ घोषणा गर्नु पर्ने बताईएको छ । सुक्रबार वडा कार्यालयमा भएको बाल विवाह न्युनिकरणका लागि अन्तरक्रिया तथा रेडियो बहस कार्यक्रम सहभागीहरुले उक्त कुरा बताउनु भएको हो । 

बस्ती स्तरको योजना छनौट प्रक्रियाबाट दिगोरुपमा बाल विवाह अन्त्य हुने गरी कार्यक्रमहरु बनाउनु पर्ने र सामाजिक ब्यबहार परिवर्तनमा सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनु भएको छ । विद्यालयमा किशोरकिशोरी मैत्री भौतिक संरचना संगै बाल विवाह न्युनिकरणमा सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गर्नु पर्ने विद्यार्थी तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने भनाई रहेको छ । 

कार्यक्रमका प्रमुख बक्ताका रुपमा रहनु भएका वडा नम्बर ७ का वडा अध्यक्ष ईन्द्रप्रसाद चौधरी थारुले बाल विवाह न्युनिकरण पश्चात अझ सशक्त रुपमा कार्यक्रम संचालन गर्ने बताउनु भएको छ । बाल विवाह दरलाई सुन्यमा ल्याउनका लागि वडा तह देखि बस्ती तथा समुदाय तहसम्म कार्यक्रम लैजाने बताउनु भएको छ । 

कार्यक्रममा जनता माध्यमिक विद्यालय रम्मापुरका प्रधानाध्यापक रामप्रसाद ढकालले विद्यालय स्तरमा बाल विवाह न्युनिकरण हुने खालका गतिबिधिहरु संचालन गर्दै आएको र अझ योजनाबद्ध कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भएको छ । विद्यार्थीसंगै अभिभावक शिक्षाको जरुरी रहेको औल्याउनु भएको छ । 

आधारभूत स्वास्थ्य केन्द्र सिउनियाका ईन्चार्ज सुनित थारुले चेतना भन्दा पनि ब्यबहार परिवर्तन हुन आवश्यक रहेको बताउनु भएको छ । किशोरकिशोरीहरुमा आउने परिवर्तन ब्यबस्थापन र सामान्यकरण गरी अभिभावकहरु सचेतहुनु पर्ने, प्रविधिलाई सहीसदुपोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 

प्लान ईन्टरनेशन नेपाल र भेरी वातावरणीय विशिष्टिता समुह(बि ग्रुप)को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बारबर्दिया नागरिक समाज संजालको आयोजना र बारबर्दिया नगरपालिकाको समन्वयमा भएको हो । कार्यक्रमको बारेमा जानकारी नागरिक समाजसंजाल बारबर्दियाका संयोजक शंकर थारुले कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पर्नु भएको थियो । कार्यक्रममा बरघर, विद्यालयका शिक्षक, विद्यार्थी किशोरी, महिला संजाल, महिला स्वास्थ्य स्वस्यम सेविका स्थानीय अगुवा, नागरिक समाजका सदस्यहरु, बि ग्रुपका विनिता परियार, सुनिता चौधरी र भरत चौधरीको पनि सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार