मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

गौतमबुद्ध विद्यालयमा चारकोठे भवन शिलान्यास, शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह
गौतमबुद्ध विद्यालयमा चारकोठे भवन शिलान्यास, शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह

Rato Pen 368+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

बारबर्दिया नगरपालिका–३ भैसाखानीस्थित गौतमबुद्ध आधारभूत विद्यालयमा निर्माण हुने चारकोठे भवनको शिलान्यास गरिएको छ। शिलान्यास गर्दै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले आफूले कमाएको सम्पत्ति सन्तानको शिक्षामा लगानी गर्न सके बुढेसकालमा सुख पाइने उल्लेख गर्नुभयो। सन्तानलाई शिक्षित बनाउँदा सम्मान र आर्थिक अवसर दुवै प्राप्त हुने भएकाले शिक्षा क्षेत्र अत्यन्त महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। उहाँले अभिभावकहरुलाई आफ्ना बालबालिकालाई संस्कारसहितको शिक्षा दिन आग्रह गर्नुभयो।

उहाँले विद्यालयमा भौतिक संरचना मात्र होइन, शैक्षिक गुणस्तर अझ महत्वपूर्ण हुने बताउँदै निर्माणाधीन भवन आफ्नो कार्यकालमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो।

सामाजिक विकास डिभिजन कार्यालय, बाँकेको ठेक्कामार्फत ३२ लाख रुपैयाँको लागतमा चारकोठे भवन निर्माण कार्य सुरु गरिएको हो। चालु आर्थिक वर्षमा भवन पूर्ण नहुने भए पनि आगामी वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार