मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

नेपालमा पहिलो पटक ‘ड्रिम खोखो’ लिग २०८१ आयोजना हुने
नेपालमा पहिलो पटक ‘ड्रिम खोखो’ लिग २०८१ आयोजना हुने

Rato Pen 366+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

होमेन्द्र थापा, बर्दिया

नेपाल खोखो संघले पहिलो पटक नेपाल खोखो लिग ‘ड्रिम खोखो’ २०८१ आयोजना गर्ने घोषणा गरेको छ। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा आगामी २०८१ सालको चैत्र २३ देखि ३० गतेसम्म लिग आयोजना गरिनेछ। आज बर्दियाको गुलरियामा नेपाल खोखो संघले पत्रकार सम्मेलन गर्दै यस प्रतियोगिताले खोखो खेलको व्यावसायिक विकास गर्ने विश्वास व्यक्त गरेको छ।

नेपाल खोखो संघका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीका अनुसार लिग चरणका खेलहरूले खेलाडीहरूलाई व्यावसायिक अवसर प्रदान गर्नुका साथै खेलको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ। उनले आर्थिक तथा भौतिक कठिनाइहरू नेपाल खोखो संघका लागि मुख्य चुनौती बनेको बताउँदै, विगतमा पनि आर्थिक अभावका बाबजुद संघले खेल विकासका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे।

लिगको व्यवस्थापन लुम्बिनी प्रदेश खोखो संघले गर्नेछ भने मुख्य प्रवद्र्धक ठाकुरबाबा नगरपालिका रहनेछ। लुम्बिनी प्रदेश सरकारको सहयोगका साथै अन्य साझेदारहरूको संलग्नतामा लिग सम्पन्न गरिने अपेक्षा गरिएको छ। प्रतियोगितामा सातै प्रदेशका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टिमहरूको सहभागिता रहनेछ।

लिगमा ६ पुरुष टिम रहनेछन्, जसमा १ अन्तर्राष्ट्रिय, २ राष्ट्रिय, ३ प्रदेश तथा ६ जिल्ला स्तरका खेलाडीहरू सहभागी हुनेछन्। साथै, ‘खोखो आइडल’ सामूहिक नृत्य प्रतियोगिता पनि समावेश गरिनेछ। साथै, निर्णायक तथा प्रशिक्षक तालिमहरू समेत सञ्चालन गरिनेछन् भने भारतीय प्रशिक्षक र निर्णायकहरूको सहयोग लिइनेछ।

नेपाल खोखो लिग २०८१ को सफलताका लागि लगानीकर्ता, खेलप्रेमी, व्यवसायी, सञ्चारकर्मी, सुरक्षा निकाय, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नागरिकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ। खोखो खेलको ऐतिहासिक उपलब्धि र भविष्यको सम्भावनालाई ध्यानमा राख्दै लिग भव्य र सभ्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको उपाध्यक्ष शाहीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार