मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

‘द्वन्द्व पीडितको तत्कालीन र दिर्घकालीन आवश्यकता पहिचानले प्राथमिकिकरण गर्दै सम्बोधनका लागि योजना बनाउन आधार तयार हुने अपेक्षा गरेका छौं’– नगर प्रमुख तेजबहादुर भाट
‘द्वन्द्व पीडितको तत्कालीन र दिर्घकालीन आवश्यकता पहिचानले प्राथमिकिकरण गर्दै सम्बोधनका लागि योजना बनाउन आधार तयार हुने अपेक्षा गरेका छौं’– नगर प्रमुख तेजबहादुर भाट

Rato Pen 366+ समाचार ( )
बढैयाताल गाउँपालिकामा असोज ७ गते र ठाकुरबाबा नगरपालिकाले जेठ १३ गते, बाँसगढी नगरपालिकामा असोज ८ गते नै उपसमितिलाई गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण गराई पीडितको आवश्यकता पहिचान शुरु गरिसकेको छ ।
८ कार्तिक २०८१, बिहीबार

मधुवन,

मधुवन नगरपालिकाका द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान गर्ने कार्य अगाडी बढाएको छ । महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कायोजना कार्यान्वयन गर्न मेयर तेजबहादुर भाटको संयोजकत्वमा गठित कार्ययोजना कार्यान्वयन स्थानीय समितिको कार्तिक ७ गतेको बैठकले निर्णय गरी उपसमिति मार्फत काम शुरु गरेको हो । 

सो अवसरमा बोल्दै मेयर तेजबहादुर भाटले द्वन्द्व पीडितको तत्कालीन र दिर्घकालीन आवश्यकता पहिचान गरी प्राथमिकीकरण गर्दै सम्बोधनका लागि आधार तयार हुने अपेक्षा गरेका बताउनु भयो । पहिचान भएका आवश्यकतालाई सम्बन्धीत सबै सरोकोरवालाको सहकार्य र समन्वयमा सम्बोधन गर्न अगाडी बढाउने प्रतिबद्धता पनि गर्नु भयो । नगर प्रमख भाटले द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान उपसमितिका पदाधिकारीलाई गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण पनि गराउनु भएको छ । 

समष्टिगत आवश्यक पहिचान उपसमिति गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण गरेसंगै मधुवन नगरपालिकामा द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गर्ने ढोका ढोका खुलेको छ । महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गरेको हो । दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहका प्रमुखको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति ब्यवस्था भए अनुसार दुबै समिति गठन भई सकेको छ । 

राष्ट्रिय कार्ययोजनामा दिएको जिम्मेवारी अनुसार मधुवन नगरपालिकाले आवश्यकता पहिचान गर्न शुरु गर्नु अगाडी, पहिचान गर्ने क्रममा र पछिको गोपनियता, सुरक्षा संवेदनशिलतालाई सुनिश्चित गर्न आचारसहिता र आवश्यकता पहिचान गर्न फाराम पनि बनाएर कार्ययोजना स्थानीय समितिको कार्तिक ७ गते बसेको बैठकले पास गरेको छ ।

मधुवन नगरपालिकाकी उपप्रमुख तथा द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिकी संयोजक अनिता चौधरीले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गरी कार्ययोजना कार्यान्वयन समितिलाई हस्तान्तरण गर्ने बताउनु भयो । पहिचान गरिएका आवश्यकतालाई प्राथमिकीकरण गरी पालिका आफै, प्रदेश र संघीय सरकारलाई योजना बनाउन सिफारिस गर्ने गर्ने बताउनुभयो । उप प्रमुखको संयोजकत्वमा पाँच सदस्य उपसमितिले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न शुरु गरेको हो ।

बढैयाताल गाउँपालिकामा असोज ७ गते र ठाकुरबाबा नगरपालिकाले जेठ १३ गते, बाँसगढी नगरपालिकामा असोज ८ गते नै उपसमितिलाई गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण गराई पीडितको आवश्यकता पहिचान शुरु गरिसकेको छ । बर्दियामा अन्य पालिकाले पनि महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न नितिगत निर्णय गरि काम शुरु गर्ने तयारी गरेका छन् । द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न द्वन्द्व पीडित समिति बर्दियाले सहजिकरण साथै प्राविधिक सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार