मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

"विद्यालय पठनपाठनको थलो मात्र होइन, संस्कार निर्माणको केन्द्र पनि हो : जन्मजय तिमिल्सिना"
विद्यालय असल संस्कार र नेतृत्व विकासको केन्द्र हो : मन्त्री तिमिल्सिना

Rato Pen 366+ समाचार ( )
३ असार २०८३, बुधवार

बर्दिया,  — जनसेवा माध्यमिक विद्यालय को आयोजनामा प्रार्थना व्यवस्थापन, साङ्गीतिक पेटी तथा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिका लागि लक्षित दुई दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

असार २ र ३ गते विद्यालय परिसरमा सञ्चालन गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी प्रार्थना व्यवस्थापन, साङ्गीतिक सिकाइको प्रवर्द्धन तथा विद्यार्थी, शिक्षक र अभिभावकबीच सकारात्मक व्यवहार विकास गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा हरिश वली ले सहजीकरण गर्नुभएको थियो। उहाँले साङ्गीतिक पेटीको प्रयोग, सिर्जनात्मक शिक्षण विधि, सकारात्मक सोच, नेतृत्व विकास तथा व्यवहारिक उत्प्रेरणासम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूले तालिमबाट विद्यालयमा अनुशासित, सिर्जनशील र सहभागितामूलक सिकाइ वातावरण निर्माण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यस अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो शुभकामना सन्देशमार्फत गुणस्तरीय शिक्षा निर्माणका लागि विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “विद्यालय केवल पठनपाठन गर्ने थलो मात्र नभई असल संस्कार, अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने केन्द्र पनि हो। प्रार्थना व्यवस्थापन, साङ्गीतिक अभ्यास तथा व्यवहारिक उत्प्रेरणाजस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्। यस्ता सिर्जनशील र व्यवहारिक कार्यक्रमलाई प्रदेश सरकारले निरन्तर प्रोत्साहन गर्नेछ।”

कार्यक्रमका लागि सामाजिक विकास डिभिजन कार्यालय ले आर्थिक सहयोग गरेको थियो।

आयोजक विद्यालयले यस्ता कार्यक्रमले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार