मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियामा धार्मिक तथा सामाजिक अगुवाहरुको समिति पुनर्गठन गर्ने, बालविवाह न्युनिकरणका गतिविधि अघि बढाइने
बारबर्दियामा धार्मिक तथा सामाजिक अगुवाहरुको समिति पुनर्गठन गर्ने, बालविवाह न्युनिकरणका गतिविधि अघि बढाइने

Rato Pen 368+ समाचार ( )
५ भाद्र २०८२, शुक्रबार

बारबर्दिया, 

बाल विवाह न्युनिकरणका लागि बारबर्दिया नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्ने भएको छ। समुदायमा बिकृति रूपमा मौलाउँदै गएको पर्छाैटी र बालविवाह बहुविवाह जस्ता समस्यालाई व्यवस्थित गराउन सामाजिक व्यवहार परिवर्तन सम्बन्धी रणनीति बनाई कार्यान्वयनमा लैजाने नगरप्रमुख छबिलाल थारुले बताउनु भयो। उहाँले यस विषयलाई विशेष चासोका साथ अगाडि बढाइने उल्लेख गर्दै संघसंस्था तथा सरोकारवालासँग सहकार्य अपरिहार्य हुनेमा जोड दिनुभयो।

यसै प्रसङ्गमा बारबर्दिया नगरपालिकास्तरीय धार्मिक तथा सामाजिक अगुवाहरुको संजालको बैठककाे निर्णयले समितिलाई पुनर्गठन गर्ने निर्णय गरेको छ। अघिल्लो सचिव विदेश गइसकेको र पालिका–वडा स्तरमा सक्रिय कार्यदल नहुँदा नयाँ संरचना आवश्यक देखिएको भन्दै बैठकले समितिलाई पुनः सशक्त बनाउन कार्ययोजना तयार गर्ने निर्णय गरेको हो।

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, वडा अध्यक्षहरु, विधायन समितिका सदस्यहरु, भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) द्वारा सञ्चालित बाल विवाह न्युनिकरण परियोजनाका प्राविधिक संयोजक रामरुप कौशल, साथै नगर तथा वडा स्तरका धार्मिक र सामाजिक अगुवाहरुको सक्रिय उपस्थिति रहेको थियो।

बैठकले वडा स्तरका अगुवाहरुसँग सहकार्य गर्दै समितिको पुनर्गठन कार्ययोजना निर्माण गरी पालिकामा पेश गर्ने निर्णय गरेको छ। उपस्थित सहभागीहरुले बाल विवाह जस्ता गम्भीर सामाजिक समस्या समाधानका लागि धार्मिक तथा सामाजिक अगुवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकले समितिलाई थप प्रभावकारी, योजनाबद्ध र सहकार्यपूर्ण बनाएर सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने  जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार