मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

प्रजातन्त्र दिवसको अवसरमा बारबर्दियामा १८औँ बृहत् रक्तदान कार्यक्रम सम्पन्न
प्रजातन्त्र दिवसको अवसरमा बारबर्दियामा १८औँ बृहत् रक्तदान कार्यक्रम सम्पन्न

Rato Pen 366+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

बारबर्दिया, फागुन ७ — प्रजातन्त्र दिवसको अवसरमा बारबर्दिया नगरपालिका–६, जय नगर बजारमा १८औँ बृहत् रक्तदान कार्यक्रम–२०८२ सम्पन्न भएको छ। “रक्तदान जीवनदान” भन्ने नारासहित आयोजित उक्त कार्यक्रम बिहीबार बिहान १०:०० बजेदेखि सञ्चालन गरिएको थियो।

कार्यक्रमको उद्घाटन बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले संयुक्त रूपमा रक्तदातालाई रक्तसंकलन सामग्री हस्तान्तरण गर्दै गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख थारुले रक्तदान मानव जीवन बचाउने महान कार्य भएकाले यस्ता सामाजिक अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी गराउँदै नगरपालिकामा रक्त सञ्चार केन्द्र स्थापना भएदेखि नै नियमित रूपमा रक्त संकलन कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले आपत्कालीन अवस्थादेखि नियमित उपचारसम्मका लागि आवश्यक रगत स्थानीय स्तरमै उपलब्ध गराउने लक्ष्यका साथ अभियान अघि बढाइएको स्पष्ट पार्नुभयो।

नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखा, नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगर समिति, सिकल सेल एनिमिया सोसाइटी, इलाका प्रहरी कार्यालय जय नगर लगायतका विभिन्न संघ–संस्थाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो भने बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले समन्वय गरेको थियो।

कार्यक्रममा स्थानीय युवा, कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। नियमित रक्तदानले बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार