मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

शिक्षक र सरकारबीच साँझ बसेको बैठक निष्कर्षविहीन

Rato Pen 1+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच आज साँझ बसेको बैठक निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि मात्र टुंग्याइने जानकारी दिनुभयो । 

नेपाल शिक्षक महासंघले भने यो वार्ता नभएर अनौपचारिक छलफल भएको जनाएको छ । नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अनिश्चितकालीन आन्दोलन जारी रहने जानकारी दिनुभयो । उहाँले सहमति नभइ आन्दोलन नछोड्ने र वार्ता कमिटी गठन गरेर मात्रै सहमति हुने बताउनुभयो ।

वार्ता कमिटी गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म आफुहरुले छलफल र हस्ताक्षर नगर्ने उहाँको भनाइ छ । भोलि विहान ९ बजे पुनः बैठक बस्ने उहाँले जानकारी दिनुभयो । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बेठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, कानूनमन्त्री धराज गुरुङ र सचिव सुरेश अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । यता आन्दोलनकारी शिक्षकहरूको तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू वार्तामा उपस्थित थिए । 

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले हिजो बुधबारदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार