मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

गुलरिया नगरप्रमुख यादवद्वारा नगरबासीसँग क्षमायाचना
गुलरिया नगरप्रमुख यादवद्वारा नगरबासीसँग क्षमायाचना

Rato Pen 366+ समाचार ( )
११ असार २०८३, बिहीबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आफ्नो दश वर्षे कार्यकालका क्रममा भएका कमीकमजोरीका लागि नगरबासीसँग क्षमायाचना गर्नुभएको छ। बुधबार आयोजित नगरपालिकाको १६औँ नगरसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख यादवले आफूबाट जानेर वा नजानेर भएका त्रुटिका लागि नगरबासीसँग माफी माग्नुभएको हो।

उहाँले दोस्रो कार्यकालमा पनि नगर प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएको स्मरण गर्दै संविधान, ऐन तथा प्रचलित व्यवस्थाअनुसार अब पुनः नगर प्रमुख पदमा उम्मेदवारी दिन नपाउने भएकाले प्रस्तुत नीति तथा कार्यक्रम आफ्नो अन्तिम नीति तथा कार्यक्रम रहेको बताउनुभयो। नगरबासीको साथ, सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै उहाँले मानिसबाट स्वाभाविक रूपमा कमीकमजोरी हुने भएकाले आफूबाट पनि त्रुटि भएको हुनसक्ने उल्लेख गर्नुभयो।

नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। नीति तथा कार्यक्रममा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा उत्पादनमुखी आयोजनालाई प्राथमिकता दिँदै गरिबी न्यूनीकरणमा प्रत्यक्ष योगदान पु-याउने लक्ष्य राखिएको छ। साथै सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल र प्रविधिमैत्री बनाउन डिजिटल सेवा विस्तार, ई–गभर्नेन्स तथा अनलाइन प्रणालीको विकासलाई प्राथमिकतामा राखिएको छ।

यसैबीच, उपप्रमुख सावित्रा गौतमले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६ करोड ७९ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। बजेटमा आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा रोजगारीका अवसर सबै घरधुरीसम्म पु¥याउने योजना समेटिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार