मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियामा एआई एक्स–रेद्वारा क्षयरोग खोजपड्ताल शिविर सुरु, ४८७ जनाको परीक्षण
बारबर्दियामा एआई एक्स–रेद्वारा क्षयरोग खोजपड्ताल शिविर सुरु, ४८७ जनाको परीक्षण

SizTex 42+ समाचार ( )
२३ वैशाख २०८३, बुधवार

बारबर्दिया,  — बारबर्दिया नगरपालिकामा लुकेर रहेका क्षयरोगका बिरामी पहिचान गर्ने उद्देश्यले एआई एक्स–रे विधिद्वारा सक्रिय क्षयरोग खोजपड्ताल शिविर सुरु भएको छ। शिविरको उद्घाटन गर्दै नगरप्रमुख छबिलाल थारुले गाउँ–समाजमा लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन सबै नागरिकलाई सहयोग गर्न आग्रह गर्नुभयो।

नगरप्रमुख थारुले क्षयरोग नियन्त्रण तथा अन्त्यका लागि आधुनिक प्रविधि गाउँ–गाउँसम्म पुर्‍याइएको बताउँदै समयमै परीक्षण गराउन अनुरोध गर्नुभयो।

पहिलो दिन वडा नं. १ स्थित पहाडीपुर आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा ४ सय ८७ जनाको एआई एक्स–रे परीक्षण गरिएको छ। परीक्षणका क्रममा क्षयरोगको आशंका गरिएका १ सय ३३ जनाको खकार नमुना संकलन गरिएको आयोजकले जनाएको छ। संकलित नमुनाको रिपोर्ट एक साताभित्र आउने बताइएको छ।

बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाका अनुसार “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने नारासहित शिविर सञ्चालन गरिएको हो।

स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलका अनुसार शिविर वैशाख २४ गते वडा नं. ४ स्थित पदनाहा स्वास्थ्य चौकी, वैशाख २५ गते वडा नं. ७ स्थित सिउनिया आधारभूत स्वास्थ्य केन्द्र र वैशाख २६ गते वडा नं. ११ स्थित लम्किफाँटा आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिनेछ।

शिविरमा एआई एक्स–रे प्रविधिबाट क्षयरोगका सम्भावित बिरामीहरूको प्रारम्भिक परीक्षण तथा सक्रिय खोजपड्ताल गरिनेछ। यस प्रविधिले रोगको छिटो, सहज र प्रभावकारी पहिचानमा सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा बिएनएमटी नेपालले प्राविधिक सहयोग गरेको छ। स्वास्थ्य शाखाले सम्बन्धित वडाका नागरिकलाई तोकिएको मितिमा स्वास्थ्य संस्थामा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

स्वास्थ्य शाखा प्रमुख पौडेलले क्षयरोग समयमै पहिचान गरी उपचार गरे पूर्ण रूपमा निको हुने भएकाले लक्षण देखिएमा ढिलाइ नगरी परीक्षण गराउन सबैलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार