मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दिया नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न
बारबर्दिया नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

Rato Pen 366+ समाचार ( )
२५ मंगशिर २०८२, शुक्रबार

बारबर्दिया नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सुक्रबार सम्पन्न भएकाे छ ।  सार्वजनिक सुनुवाइको सहजीकरण बढैयाताल टुडे मिडिया नेटवर्क, मधुवन नगरपालिका–९ सानोश्रीले गरेको हो।

सुनुवाइमा बारबर्दिया नगरका विभिन्न विषयमा ११ जनाले आ–आफ्ना सुझाव, जिज्ञासा तथा सवालहरू प्रस्तुत गर्नु भएकाे थियो । सहभागीहरूले विकास निर्माणमा देखिएको ढिलाइ, सेवा प्रवाहमा सुधार, योजनामा पारदर्शिता तथा जनअपेक्षाअनुसार प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ।

नगर प्रमुख छबिलाल थारुको अध्यक्षता तथा आतिथ्य प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले गर्नुभएको सार्वजनिक सुनुवाइमा उठेका पश्नहरुको जवाफ दिनु भएको छ । नगरपालिकाको समग्र नीतिगत र कार्यसम्पादन सम्बन्धी प्रश्नहरूको उत्तर प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र नगरप्रमुख छबिलाल थारुले प्रदान गर्नुभयो। उहाँहरूले सहभागीहरूले राखेका सल्लाह, सुझाव तथा आलोचनालाई सिरोपरि मानी आवश्यक सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो। उठाइएका प्रश्नहरूको जवाफ योजना शाखा , भौतिक पूर्वाधार शाखा तथा शिक्षा शाखाका प्रमुखहरूले आ–आफ्ना क्षेत्रका विषयमा स्पष्टीकरण तथा जवाफ दिनु भएको छ । 

बारबर्दिया नगरपालिकाले सार्वजनिक सुनुवाइलाई पारदर्शिता, सुशासन र नागरिक सहभागितामूलक विकासको मुख्य आधारका रूपमा लिएको छ। पालिकाले गरेका सम्पुर्ण कार्यको बारेमा योजना शाखा प्रमुख गोविन्द पुरीले गर्नु भएकाे  थियाे । 

कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, कृषक समूह, शिक्षक, संघ–संस्था, युवा क्लब, बुद्धिजीवी, पत्रकार, वडा–स्तरीय संरचना तथा विभिन्न समुदायका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार