मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै

Rato Pen 1+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार

मोरङ । हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ । तीजको दिन भोलि (सोमबार) महिलाहरु व्रत बस्ने भएकाले आज वर्तालुहरुले दर खाने चलन छ । आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुलाउने गर्छन् ।

भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि अघिल्लो साँझ नेपाली हिन्दु महिलाहरुले दर खाने परम्परा छ । 

दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ । तर पछिल्लो समय दर खाने नाममा तमगुण भएका खानेकुरा खाने बिकृति पनि देखिन थालेको छ । 

आज आइतबार राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेशको पूरा गरी साँझ सूर्यलाई अर्घ्य दिएरमात्र खाने परम्परा छ ।आज दर खाने र भोलि हरितालिका तीज परेकाले माइतीघरमा तीज मनाउन महिलाहरु घरगाउँतिर जाने क्रम पनि बढेको छ । 

भोलि सोमबार दिनभरी निराहार ब्रत बस्नु पर्ने भएकाले आज राती अबेर उठेर दर खाने परम्परा रहेपनि आजभोली महिना दिन अघिदेखि बिभिन्न ठाउँमा भेला भएर दारका नाममा नाचगान गर्ने र खानपिन गर्ने चलन बढ्दो छ।  

 दिदीबहिनी भेटघाट गर्ने, दुःख-सुख एवं आपसी अनुभवलाई गीतमार्फत् व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ। 

हिमालयपुत्री पार्वतीले व्रत बसेर महादेव पति पाएको धार्मिक मान्यतासँगै तीज मनाउने गरिएको हो । तीजका दिन महिलाहरु निर्जल, निराहार उपवास बस्नुपर्ने मान्यता छ । तीज नेपालका साथै भारतको उत्तरप्रदेश, बिहार, झारखण्ड, राजस्थान र मध्यप्रदेशमा पनि मनाउने गरिन्छ । हिन्दु समुदायले मनाउने यो पर्वमा अहिले अन्य समुदायका महिला पनि रमाइलो मानेर सहभागी हुन थालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार