मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बर्दियाका मुद्रण व्यवसायीहरू संगठित हुँदै
बर्दियाका मुद्रण व्यवसायीहरू संगठित हुँदै

Rato Pen 368+ समाचार ( )
१८ श्रावण २०८२, आइतबार

होमेन्द्र थापा, बर्दिया
बर्दिया मुद्रण उद्योग संघले मुद्रण व्यवसायलाई व्यवस्थित, सशक्त र समृद्ध बनाउने उद्देश्यका साथ समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरेको छ। जिल्लाका आठै पालिकामा रहेका मुद्रण व्यवसायीहरूलाई गाेलबन्ध गर्दै शनिबार गेरुवा गाउँपालिकास्थित इन्टेकमा सम्पन्न भेलामा व्यवसाय विस्तार तथा सुधारका विविध पक्षमा गहिरो छलफल गरिएको हो।

भेलामा सहभागीहरुले आफूले अङ्गालिरहेको पेशालाई संस्थागत गर्दै व्यवसायिक क्षमता अभिवृद्धि, सहकार्य र प्रतिस्पर्धी बजारको आवश्यकता औंल्याएका थिए। बदलिंदो प्रविधि र बजारको मागलाई ध्यानमा राख्दै मुद्रण उद्योगलाई गुणस्तरीय, प्रतिस्पर्धी र सेवा–मुखी बनाउने आवश्यकता उल्लेख गरिएको थियो।

संघले जिल्लाभरका मुद्रण व्यवसायीहरूलाई संगठित गर्दै उनीहरूको संरक्षण, प्रवर्द्धन र व्यावसायिक हित सुनिश्चित गर्दै आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्यसहित संघको दर्ताको प्रक्रिया अगाडि बढाएको जनाएको छ।

भेलामा राजापुर नगरपालिका–८ का वडाध्यक्ष तथा मुद्रण व्यवसायी राजेश चौधरीले बर्दिया मुद्रण उद्योग संघले आयोजना गरेको कार्यक्रममा धन्यवाद दिँदै व्यवसायीहरूबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताए। “संस्थाको नेतृत्व पटक–पटक फेरिए पनि आजसम्म दर्ता हुन नसक्नु लज्जास्पद हो,” वडाध्यक्ष चौधरीले भने, “अब संघ छिट्टै दर्ता गरिनु पर्छ, म व्यक्तिगत रूपमा पनि सहयोग गर्न तयार छु।”

त्यसैगरी संघका पूर्व केन्द्रीय सदस्य बालकृष्ण वलीले पेशा र व्यवसायमा सफलता हासिल गर्न विधि र प्रक्रिया पालना अनिवार्य रहेको स्पष्ट पार्दै संगठनले व्यावसायिक आत्मबल बढाउने भूमिका खेल्ने बताए। उहाँले संघको शीघ्र दर्ताको सुझावसहित आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

२०७१ सालदेखि बर्दियामा मुद्रण व्यवसायीहरू क्रमिक रूपमा संगठित हुँदै आएका छन्। पछिल्लो भेलामा जिल्लाका आठै पालिकाबाट व्यवसायीहरूको सक्रिय सहभागिता थियो। भेलामा संस्थाको विधान निर्माण, मूल्य दर निर्धारण, लेवी संकलन लगायत विविध विषयमा छलफल तथा समिक्षा गरिएको थियो।

संघका अध्यक्ष सन्तोष भट्टराईका अनुसार बर्दियाका विभिन्न पालिकामा हाल करिब २७ वटा मुद्रण उद्योग सञ्चालनमा छन्। आगामी दिनमा व्यवसायीहरूको क्षमता विकास, सहकार्य विस्तार तथा व्यवसायिक हितका कार्यक्रम योजनाबद्ध रूपमा सञ्चालन गरिने संघले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार