मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बर्दियामा प्रमुख जिल्ला अधिकारी शर्मालाई सम्मानपूर्वक विदाई
बर्दियामा प्रमुख जिल्ला अधिकारी शर्मालाई सम्मानपूर्वक विदाई

SizTex 42+ समाचार ( )
२० जेठ २०८२, मङ्गलबार

होमेन्द्र थापा, बर्दिया | जेठ २० गते

बर्दियामा एक वर्षसम्म कुशल प्रशासकका रूपमा सेवा पुर्‍याएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सोमबार विशेष विदाई तथा ‘भेरी भेटौला’ कार्यक्रममार्फत सम्मान गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहँदा शर्माले लागू औषध नियन्त्रण, बालबालिकाको उद्धार, लैंगिक हिंसाबाट प्रभावितको सहयोग, सरकारी कार्यालयमा हुने ढिलासुस्ती न्यूनीकरण, सफल अनुसन्धान तथा सीमासुरक्षाजस्ता विषयमा उल्लेखनीय प्रगति गर्नुभएको सहभागीहरूले बताएका छन्।

सोमबारको दिन शर्माको विदाईलाई समर्पित रह्यो। बिहान गुलरियामा सञ्चालित योग शिविरमा सहभागीहरूले उहाँलाई फूलमाला, खादा र मायाको चिनो दिँदै सम्मान जनाए। त्यसपश्चात नेपाल पत्रकार महासंघ बर्दिया, उद्योग वाणिज्य संघ, बर्दिया बार एसोसिएसनलगायत विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रमहरूमा उहाँलाई बिदाइ गरियो।

अन्त्यमा जिल्ला प्रशासन कार्यालयको हलमा आयोजित औपचारिक कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले उहाँप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै शर्माले आफ्नो सफलताको मुख्य आधार स्थानीय सरकार, निकाय र नागरिक समाजसँगको सहकार्य भएको बताउँदै बर्दिया आफूले विशेष रूपमा सम्झिरहने जिल्ला हुने उल्लेख गर्नुभयो। साथै उहाँले बर्दियाबासीप्रति आभार प्रकट गर्नुभयो।

गृह मन्त्रालयको निर्णयअनुसार सहसचिव सुरेन्द्र पौडेल बर्दियाका नयाँ प्रमुख जिल्ला अधिकारी बन्नुहुनेछ। प्रमुख जिल्ला अधिकारी शर्माको कास्कीमा सरुवा भएको छ। गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार शुक्रबार देशभरका चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवहरूको सरुवा गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार