मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण
समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण

Rato Pen 366+ समाचार ( )
२ श्रावण २०८३, शनिबार

बारबर्दिया,  "जनस्वास्थ्यको सुरक्षा, हाम्रो प्रतिबद्धता" भन्ने मूल नारासहित बारबर्दिया नगरपालिकाले सम्भावित जनस्वास्थ्य घटनाहरूको शीघ्र पहिचान गरी द्रुत प्रतिकार्यमार्फत जनस्वास्थ्यको रक्षा गर्ने उद्देश्यले समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Surveillance) को सुरुवात गरेको छ।

सोही उद्देश्यअनुसार यही श्रावण १ र २ गते बारबर्दिया नगरपालिकाका ११ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा देखिन सक्ने सम्भावित जनस्वास्थ्य घटनाहरूको समयमै पहिचान गरी समुदायस्तरबाटै सूचना प्रवाह, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय तथा द्रुत प्रतिकार्यका माध्यमबाट रोगको फैलावट नियन्त्रण गर्दै जनस्वास्थ्यको सुरक्षा सुनिश्चित गर्नु रहेको नगरपालिकाले जनाएको छ।

अभिमुखीकरणका क्रममा स्वास्थ्यकर्मीहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणालीको अवधारणा, रोग वा असामान्य स्वास्थ्य घटनाको प्रारम्भिक पहिचान, सूचना संकलन तथा प्रतिवेदन प्रणाली, जोखिम मूल्याङ्कन, द्रुत प्रतिकार्य प्रक्रिया तथा स्वास्थ्य संस्थाहरू र समुदायबीचको समन्वयका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा रोगको शीघ्र पहिचान, प्रभावकारी सूचना प्रवाह, समुदायको सक्रिय सहभागिता, सरोकारवाला निकायबीच सहकार्य तथा समयमै नियन्त्रणात्मक उपाय अवलम्बन गर्न सके महामारी तथा अन्य जनस्वास्थ्य आपत्कालीन अवस्थाको जोखिम न्यूनीकरण गर्न सकिने विषयमा विशेष जोड दिइएको थियो।

नगरपालिकाले समुदायमा आधारित रोग निगरानी प्रणाली कार्यान्वयनसँगै समुदाय, स्वास्थ्य संस्था, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै "स्वस्थ समुदाय, सुरक्षित जनस्वास्थ्य" तथा "स्वस्थ नगर, समृद्ध नगर" अभियानलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

यस प्रणालीमार्फत समुदायमै देखापर्ने कुनै पनि असामान्य स्वास्थ्य घटना वा रोगको संकेतलाई समयमै पहिचान गरी सम्बन्धित निकायसम्म छिटो सूचना पुर्‍याउने, आवश्यक द्रुत प्रतिकार्य सञ्चालन गर्ने तथा सम्भावित महामारीलाई सुरुवाती चरणमै नियन्त्रण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार