मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

थारु संस्कृति संरक्षण प्रतियोगिता
थारु संस्कृति संरक्षण प्रतियोगिता

Rato Pen 368+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको गुलरियामा थारु संस्कृति संरक्षण सम्बन्धी प्रतियोगिता सुरु गरिएको छ । थारु समुदायको भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको हो । 

बर्दियाली थारु कलाकार मञ्च, बर्दियाको आयोजनामा भएको कार्यक्रममा स्थानीय परम्परा, संस्कृति र परिकारलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

मञ्चका अध्यक्ष महेश राम थारुले पछिल्लो समय थारु भाषा, कला, संस्कृति तथा साहित्य लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । थारु समुदायमा दिन र रात अनुसार फरक–फरक गीत गाउने परम्परा रहेको छ भने हुर्डुङ्गा नाच, सखिया नाच लगायतका विविध नृत्यहरू पनि समुदायको पहिचान रहेको थारुले बताउनु भयो ।

गुलरिया नगरपालिका वडा नं. ५ स्थित सोहेलवा रामबाग मन्दिर परिसरमा आयोजित प्रतियोगितामा विभिन्न समूहहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सहभागीहरूले कार्यक्रमप्रति उत्साह व्यक्त गर्दै यसले आफ्नै संस्कृति चिन्ने र जोगाउने अवसर दिएको बताएका छन् ।

कार्यक्रममा सहभागी हुँदा रामबाग मन्दिर दर्शनसँगै नजिकै रहेको थारु संग्रहालयमा परम्परागत सामग्रीहरू—चण्डोल, डोली, छतरी तथा विभिन्न भेषभूषाको अवलोकन गर्ने अवसर समेत प्राप्त हुने आयोजकले जनाएको छ ।

बर्दियाली थारु कलाकार मञ्चको आयोजना, ५ न. वडा कार्यालय गुलरिया नगरपालिका बर्दियाको समन्वय र  लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको सहयोगमा संचालीत कार्यक्रम हिजो देखी सुरु गरिएको हो । प्रतियोगितामा १३ वटा समुहले भागलिन नाम दर्ता गराएको आयोजकले जनाएको छ । उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारसहित यातायात खर्चको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार