मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने
तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने

Rato Pen 366+ समाचार ( )
१ भाद्र २०८३, सोमबार

होमेन्द्र थापा, बर्दिया 

बर्दियाको गुलरिया नगरपालिका–३ तेजीपुरमा एक दिने निःशुल्क कान उपचार शिविर सञ्चालन हुने भएको छ। अल्टरनेटिभ युथ क्लबको मुख्य आयोजना, राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं. ३ वडा समितिको सह–आयोजना तथा बी.एन. कम्युनिटी इयर केयरद्वारा सञ्चालित बी.एन. अस्पताल नेपालगञ्ज, बाँकेको प्राविधिक जनशक्ति सहयोगमा शिविर आयोजना गर्न लागिएको हो।

समुदायमा कान स्वास्थ्य सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क कान उपचार, श्रवणशक्ति परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार शिविर २०८३ भदौ ६ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तेजीपुरमा सञ्चालन हुनेछ। शिविरमा निःशुल्क कान परीक्षण तथा उपचार, कान स्वास्थ्यसम्बन्धी परामर्श, श्रवणशक्ति परीक्षण र आवश्यक आधारभूत औषधि निःशुल्क वितरण गरिनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं. ३ वडा समिति गुलरियाका सभापति यमबहादुर क्षेत्रीले शिविरबाट बालबालिका, युवा, ज्येष्ठ नागरिकलगायत समुदायका सबै सदस्यले सेवा लिन सक्ने जानकारी दिनुभयो।

शिविरबारे स्थानीयवासीलाई जानकारी गराउन आयोजकले वडाका विभिन्न गाउँमा पुगेर भेटघाट गर्ने, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने तथा प्रत्यक्ष रूपमा शिविरको जानकारी दिने काम गरिरहेको जनाएको छ। आयोजकले कानसम्बन्धी समस्या भएका तथा श्रवणशक्ति परीक्षण गर्न चाहने सबैलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार