मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजनाको वार्षिक समीक्षा सम्पन्न
किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजनाको वार्षिक समीक्षा सम्पन्न

Rato Pen 366+ समाचार ( )
६ मंगशिर २०८२, आइतबार

बारबर्दिया । किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजनाअन्तर्गत बारबर्दिया नगरपालिकामा सञ्चालन भएका गतिविधिहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले परियोजना कार्यान्वयन भएका विद्यालय तथा समुदायमा देखिएको सकारात्मक परिवर्तनलाई प्रशंसा गर्दै स्थानीय सरकारसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षालय र समुदायस्तरमा सिर्जित चेतना र व्यवहारगत परिवर्तनले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले परियोजना सञ्चालन क्षेत्रहरूमा भौतिक पूर्वाधार तथा सचेतनाको वृद्धि भएकाले पालिकामा सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो। पालिकासँग सहकार्य गर्दै अघि बढेमा अझ प्रभावकारी काम गर्न सकिने उहाँको भनाइ थियो।

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाका कोषाध्यक्ष यज्ञराज पोखरेलले शिक्षा, स्वास्थ्य, बालबालिका र किशोरकिशोरीसम्बन्धी क्षेत्रमा संस्था निरन्तर क्रियाशील रहेको बताउँदै आगामी दिनमा पनि सक्रियतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

परियोजना संयोजक सुरज अर्यालले परियोजनाअन्तर्गत विद्यालय, स्वास्थ्य संस्था र समुदायमा सञ्चालन भएका गतिविधिहरूका बारेमा विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार परियोजनाले बृहत्तर यौनिकता शिक्षा तालिम, विद्यालयमा कक्षा सञ्चालन, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक–शिक्षक संघका सदस्यहरूलाई क्षमता अभिवृद्धि, किशोर–किशोरी दौतरी तालिम, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षक तालिम, लैंगिक तथा अपांगमैत्री शौचालय निर्माण, महिनावारी आराम कक्ष स्थापना, बुवा समूह बैठक, अन्तरपुस्ता संवाद, सामुदायिक तथा धार्मिक अगुवाहरूलाई अभिमूखिकरण तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला लगायतका कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिनुभयो।

कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजनाअन्तर्गतको वार्षिक समीक्षा यसरी सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार