मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

नेपाली कम्युनिष्ट पार्टीको नगर स्तरीय एकता सन्देश सभा सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको नगर स्तरीय एकता सन्देश सभा सम्पन्न

Rato Pen 366+ समाचार ( )
२८ मंगशिर २०८२, सोमबार

होमेन्द्र थापा, गुलरिया

नेपाली कम्युनिष्ट पार्टी गुलरिया नगर स्तरीय एकता सन्देश सभा सम्पन्न भएको छ । पार्टी केन्द्रको सर्कुलरअनुसार देशभरका सबै पालिकामा एकैसाथ एकता सन्देश सभा आयोजना गरिएको हो । विभिन्न कम्युनिष्ट घटक पार्टीहरू एक भई नेपाली कम्युनिष्ट पार्टी एकीकृत भएको सन्देश कार्यकर्ता तहसम्म पु¥याउने उद्देश्यले केन्द्र, प्रदेश, जिल्ला हुँदै पालिका स्तरसम्म कार्यक्रम सञ्चालन गरिएको पार्टीले जनाएको छ ।

सोमबार गुलरियामा आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रिय सदस्य कम्रेड विष्णु चौधरीले देशभर पालिका स्तरमा एकैसाथ एकता सन्देश सभा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले बर्दिया जिल्लाका आठवटै पालिकामा एकता सन्देश सभा भव्य रूपमा सम्पन्न भएको उल्लेख गर्दै गुलरियामा यसअघि नै जिल्ला स्तरीय कार्यक्रम सम्पन्न भएकाले कार्यकर्ता केन्द्रित सन्देश सभा आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

वक्ताहरूले पछिल्लो समय कम्युनिष्ट समर्थक मात्र नभई देशप्रेमी, लोकतन्त्रवादी तथा समाजवादी विचारधारा बोकेका विभिन्न शक्तिहरू पनि क्रमशः एकताबद्ध हुँदै गएको अवस्था देखिएको उल्लेख गरे । पालिका, जिल्ला, प्रदेश र केन्द्र स्तरमा आयोजना भएका एकता सन्देश सभामा कम्युनिष्ट विचार राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिताले पार्टी एकताको सन्देश व्यापक रूपमा फैलिँदै गएको उनीहरूको भनाइ छ ।

गुलरियामा सम्पन्न नगर स्तरीय एकता सन्देश सभा कम्रेड हरिशचन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि केन्द्रिय सदस्य कम्रेड विष्णु प्रसाद चौधरी र विशेष अतिथि कम्रेड तोफा यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा गुलरिया नगरपालिकाका विभिन्न वडाबाट ठूलो संख्यामा पार्टी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

सन्देश सभामा विशेष अतिथि कम्रेड तोफा यादव, प्रदेश कमिटी सचिवालय सदस्य कोलराज पुरी र कमला घिमिरेले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य कम्रेड प्रताप कुमार गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार