मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

लेटाङ नगरपालिकाद्वारा चाडपर्वहरुको अवसरमा शुभकामना आदन प्रदान

Rato Pen 1+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकाले वडादशैं लगायत आसन्न चाडवर्पहरुको उपलक्ष्यमा शुभकामना आनद प्रदान कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र विभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

शुभकामना मन्तव्य राख्दै लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावतीले नेपालीहरुले वर्षभरी नै मनाउने चाडपर्वहरुले नेपालीहरुलाई एकताबद्ध गर्न मद्दत गरेको बताउनुभयो । गणतन्त्र स्थापना पश्चात खुल्लारुपमा सबैले आफ्ना चाडपर्व मनाउने वातावरण बनेको भन्दै नगर प्रमुख लावतीले एकअर्काका चाडपर्बहरुलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । 

यस्तै  लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले चाडपर्वमा मनोरञ्जनको नाममा विकृती भित्रनसक्ने भन्दे मौलिकरुपमा चाडपर्वहरु मनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले चाडपर्वको समयमा हुने कालोबजारी न्युनिकरण गर्न सबैले जिम्मेवार  पूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सद्भाव कायम राख्दै चाडपर्वहरु मनाउनु पर्ने बताउँदै उच्छृंखल गतिबिधी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक भीमलाल ओलीले चाडपर्वको समयमा हुनसक्ने अप्रिय घटनाहरुको न्युनिकरण गर्न र शान्ति सुरक्षाको ब्यबस्थाको लागि प्रहरी २४ घण्टा नै खटिरहेको बताउनभुयो । 

कार्यक्रममा नेकपा एमालेका जीत बहादुर लामा, नेपाली कांंग्रेसका हिक्मत बहादुर खड्का, नेकपा माओबादी केन्द्रका बिनोद नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध बहादुर श्रेष्ठ, जनता समाजबादी पार्टीका भक्तराज राई, खम्बुवान राष्ट्रिय मञ्चका ताराजित राई, उद्योग बाणिज्य संघ लेटाङका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ, पत्रकार प्रसान्त निरौला, कार्यपालिका सदस्य चम्पा थापा मगर, लेटाङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नन्द प्रसाद खतिवडा लगायतले शुभकामना मन्तब्य राख्नु भयो । 

लेटाङ वडा नम्बर २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले सञ्चालन गर्नु भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार