मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

Rato Pen 1+ समाचार ( )
३ जेठ २०८०, बुधवार

बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अङ्कले बढेको छ ।

बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अङ्कले बढेको छ ।

लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अङ्कले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको पाँच करोड ४६ लाख ५८ हजार छ सय ८५ बराबरको एक लाख ३६ हजार एक सय १० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार