मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण
बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण

Rato Pen 308+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

बर्दिया, — आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत बारबर्दिया नगरपालिकामा बिउ बाख्रा उपहार वितरण कार्यक्रम सम्पन्न भएको छ।

“बारबर्दिया, कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता सशक्तिकरण परियोजना” अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम वडा नं. ६ मानपुरस्थित जय दुर्गा सामुदायिक भवनको प्राङ्गणमा सम्पन्न भएको हो।

बारबर्दिया नगरपालिका र HEIFER (हेफर प्रोजेक्ट नेपाल) को आर्थिक तथा प्राविधिक सहयोग तथा थारु महिला उत्थान केन्द्रको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि तथा बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डेले यस्ता परियोजनाले साना किसान र युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले उत्पादनमुखी कार्यक्रममार्फत आयआर्जन वृद्धि गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न यस्ता पहलहरू आवश्यक रहेको उल्लेख गर्नुभयो।

बारबर्दिया नगरपालिकाका नगरप्रवक्ता सिताराम योगीले कृषि तथा पशुपालन क्षेत्रको विकासमार्फत नगरको समग्र आर्थिक अवस्था सुधार गर्न सकिने बताउँदै परियोजनाको निरन्तरता र प्रभावकारितामा जोड दिनुभयो।

त्यसैगरी, थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले समुदायमा आधारित उद्यमशीलता विकासका लागि संस्थाले सहजीकरण गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले लाभग्राही किसानलाई जिम्मेवार भई उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो।

सभाअध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक रामफेरन थारुले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै साना किसान र युवाहरूलाई लक्षित गरी आयआर्जनमूलक क्रियाकलाप विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले परियोजनालाई सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे जानकारी पशु सेवा शाखा प्रमुख तथा परियोजनाका फोकल पर्सन दिपकराज थापाले गराउनुभएको थियो। उहाँका अनुसार उक्त परियोजना आर्थिक वर्ष २०७९/८० मा वडा नं. १, ६ र ९ गरी तीन वटा वडाबाट सुरु गरिएको थियो भने आर्थिक वर्ष २०८१/८२ देखि सबै वडामा विस्तार गरिएको हो।

४२ महिनाको अवधिमा परियोजना अन्तर्गत ८१६ वटा बाख्रा र ८८ वटा बोका वितरण गरिएको जानकारी समेत कार्यक्रममा दिइएको थियो।

उक्त अवसरमा कृषिमा आधारित आयआर्जन वृद्धि, पशुपालन प्रवर्द्धन तथा उद्यमशीलता विकासलाई टेवा पुर्‍याउने उद्देश्यले लाभग्राहीहरूलाई बिउ बाख्रा उपहार प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्राविधिक, सहकारीका प्रतिनिधि तथा लाभग्राही किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार